Search

सरकारले महिला चलचित्रकर्मीहरुको प्रवद्र्धनको लागि सहयोग गर्छ : रेखा शर्मा, मन्त्री

सरकारले महिला चलचित्रकर्मीहरुको प्रवद्र्धनको लागि सहयोग गर्छ : रेखा शर्मा, मन्त्री

९ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । शनिवार काठमाडौँमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

उनले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताइन् । उनले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताइन् । उनले भनिन्– ‘सरकारले महिला चलचित्रकर्मीहरुलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ ।’

उनले त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष रहेको बताइन् । उनले भनिन्– ‘यस क्षेत्रमा महिला चलचित्र कर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ । यसमा राज्यले सहयोग गर्छ ।’ मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताइन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!