८ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । कोप–२८ को पुर्वसंध्यामा बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कटः आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक शनिबार विमोचन हुँदैछ ।
![](https://bampijhyala.com/wp-content/uploads/2023/11/Opening-Soon-Banner2.gif)
विश्व तथा नेपालमा देखा परेको पर्यावरणीय संकट र जलवायु परिवर्तनले निम्त्याएका चुनौतीबारे पुस्तकमा चर्चा गरिएको छ ।
मंसिर ९ गते शनिबार प्रधानमन्त्री पुष्पकमल दहाल ’प्रचण्ड’ले बालुवाटारमा पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज समेत रहेका खड्काले विमोचन कार्यक्रम शनिबार दिउँसो २ बजे हुने बताउनु भयो ।
पर्यावरणको मुद्दालाई राजनितिक दलहरुले किन अगाडी सार्नु पर्छ, नेपाल जस्ता देशहरुले क्षतिपुर्तीको दाबी किन गर्नुपर्छ तथा यसको अर्थराजनीति के हो भन्नेबारे पुस्तकमा विचारोत्तोजक मत अगाडी सारिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को हातबाट विमोचन हुने कार्यक्रममा उपस्थितीको लागि नेता खड्काले हार्दिक आमन्त्रण गर्नु भएको छ ।