Search

निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्न सरकारलाई परामर्श

निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्न सरकारलाई परामर्श

७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचन आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्न सरकारलाई परामर्श दिएको छ । आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिएको उनले बताए ।

आयोगको पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आयोगको सुझावअनुसार नै निर्वाचनको मिति तोक्ने संकेत गरेको अर्यालले बताए ।

नेपालको संविधानमा राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!