Search

दनुवार सुमदायले बर्की एकादशी पर्व धुमधाम मनाउँदै

दनुवार सुमदायले बर्की एकादशी पर्व धुमधाम मनाउँदै

७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार सुमदायले बिहिबार बर्की एकादशी पर्व धुमधामसँग मनाएका छन् । अन्य समुदायको मुख्य पर्वको रुपमा रहेको दसैं, तिहार, छठ, माघि जस्तै दनुवार समुदायले आफ्नो मुख्य पर्वको रुपमा रहेको बर्की एकादशीलाई विगतका वर्षमा जसरी यो वर्ष पनि धुमधामसँग मनाएका हुन् ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्वलाई दनुवार समुदायले मुख्य पर्वका रुपमा आफ्नो संस्कृति अनुसार बड्की पर्वको रुपमा मनाउने गर्छन् ।

दनुवार समुदायका अनुसार पर्व तीन दिनसम्म मनाउने चलन छ । पहिलो दिन पराम्परा अनुसार किशोरी तथा महिलाहरु आ–आफ्नो टोलको मुखियाको घरमा भेला भएर नदीमा नुहाउने चलन छ। नदीबाट कलसमा जल लिएर सिधैँ दिवार (टोलमा बनाएको मन्दिर)मा पुगी पाँच पटक घुमेर जल चढाई अगरबत्ति बाल्दछन् । त्यसपछि कलसको जल टाउकोमा बोकेर घर फर्किएपछि ब्रत सुरु हुन्छ ।

पर्वको द्रोस्रो दिन अर्थात् पर्वको मुख्य दिन अघिल्लो दिनको विधि पुनः दोहो¥याइन्छ । यसदिन जथाभावि बस्न नहुने र बसिहाल्नु परे मुखिया अधिकारीले दिएको चामलले भूमिको पूजा गरेर मात्र बस्नु पर्ने रितिथिती छ । दोस्रो दिन बड्की नृत्य देखाई दिनभर निराहार रातभर जाग्राम बस्ने पराम्परा छ ।

पर्वको तेस्रो तथा अन्तिम दिन नदीमा गएर नुहाएर अमला वा ल्वाङ, सुकुमेल टोकेर नदीमा फालिन्छ । यसलाई पारन गरेको भन्ने चलन छ । त्यसपछि ब्रतालुहरु घर फर्किन्छन् । दाइ वा भाइले एकादशी गरेको हो भनेर पाँच पटक सोध्छन् । ब्रतालुले विधिवत रुपमा व्रत सम्पन्न गरेको हुँ भनेपछि मात्र दही चिउरा खाएर बड्की एकादशी पर्व सकिने दनुवार जागरण समितिले जनाएको छ।

दनुवार समुदायका अगुवा तथा दुधौली नगरपालिकाका उप–मेयर चन्द्रकिसोर थारु कमाखुँज क्षेत्रमा रहेका दनुवार समुदायको करिब ४० हजार घरपरिवारले हरेक वर्ष बर्की एकदशीलाई मुख्य पर्वका रुपमा मनाउँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य समुदायको दशैं, तीहार, छठ, माघी, ल्होछार जस्तै हाम्रो समुदायको लागि बर्की एकादशी मुख्य पर्व हो । दनुवार जातिका लागि पहिले देखि नै चलि आएको परम्परागत पर्व हो ।”

विषेशगरी आफ्नो र परिवारको सुख, शान्ति, सुस्वास्थ्य, राम्रो होस भनेर उक्त पर्व मनाउने गरिएको उहाँले बताउनुभयो । अति सिमान्तकृत दनुवार जातीको मौलीक कला, संस्कृती र संस्कारको संरक्षण र सम्वर्द्धनका लागि भन्दै दुधौली नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा समेत दिएको छ ।

बर्की एकादशी पर्वमा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाहरूले तीन दिनसम्म निराहार व्रत बसी आफू, परीवार र सुयोग्य वर प्राप्ती तथा सुख र शान्तीको कामना गर्ने गरेका दनुवार जागरण समितिका अध्यक्ष नारायण अधिकारी दनुवारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष पनि बर्कि एकादसी पर्वका अवसरमा बिहिबार दुधौली नगरपालिका–२ गागनमा दनुवार सांस्कृतिक मेला आयोजना गरिएको छ ।”

मेलामा दनुवार समुदायको विशेष झाँकीका साथमा बड्की नाचको प्रदर्शन, दनुवार समुदायको भेषभुषामा ब्रतालु महिलाद्धारा ¥याली प्रर्दशन लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती गरिएको बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!