७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सन् १९९३ देखि सदस्य रही हाल अध्यक्षता समेत ग्रहण गरिरहेको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन अन्र्तगत “दिगो पूर्वाधारमा साझेदारी” विषयक फोरम बैठकको उद्घाटन गर्नु भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको ह्यात होटेल बौद्धमा सम्पन्न हुन गईरहेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरी रहेको जानकारी दिनुभयो । उहाँले सरकार दिगो पूर्वाधारको प्रवर्द्धनका लागि प्रतिवद्ध रहेको बताउनु भयो । साथै दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष रविसिंहको अध्यक्षतामा सम्पन्न उक्त फोरम बैठकमा इफाप्का देश विदेशका प्रमुख प्रतिनिधीहरुबाट दिगो पूर्वाधार सम्वन्धिको बारेमा बिभिन्न प्रस्तुतीकरण गरिएको थियो ।