६ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रूपैयाँ २७ पैसा पाइन्छ । मंगलबार युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ३६ पैसा र बिक्रीमा १४६ रूपैयाँ ०१ पैसा थियो भने सोमबार युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६८ पैसामा खरिदविक्री भइरहेको थियो ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९ रूपैयाँ ०५ पैसा रहेको छ । मंगलबार जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९ रूपैयाँ ०१ पैसा रहेको थियो ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६० पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ०० पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६० पैसा तोकिएको छ ।