Search

माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ

माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ

६ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । माइतीघर आसपास क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले काठमाडौं प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि अधिवकता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिटत हालेका थिए । सो रिटमाथि आज सुनुवाइ हुने भएको हो ।

सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् भने वारेसमार्फत भद्रप्रसाद नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाएका छन् ।

संविधानको धारा १७ को उपधारा १ र उपधारा २ को खण्ड (क) र (ख) ले प्रत्येक नेपाली नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको रिट निवेदकको जिकिर छ ।

माइतीघर मण्डलामा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी गरिएको सूचना उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गरिपाउन रिट निवेदनमा माग गरिएको छ ।

मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गर्न खोजेपछि प्रशासनले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!