मान्छेहरू प्रवासमा रहेपनि मन नेपालमै हुन्छ,
लिपुलेकलाई चोट लाग्दा मन नेपालीकै रुन्छ,
पेट र प्रतिष्ठाको लागि कदमले विदेश टेक्दा,
जहाँ रहे पनि देशको वेदना नेपालीले नै सुन्छ ।
५ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । यी पंक्ति आज लोकार्पण गरिएका १११२ वटा मुक्तकका टुक्राहरूमा समाविष्ट छैन तथापि मुक्तककार प्रवासी प्रतिमा केसीको अन्तर्रात्माले यस्तै यस्तै भावनालाई संगालेर एउटा जीवन्त सँग्रह तैयार गरेर आजको दिनमा सम्पूर्ण पाठकहरूको हात हातमा थमाइ दिएकी छिन् । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा कक्षमा आयोजना गरिएको ‘प्रवासी मन’ मुक्तक सँग्रह लोकार्पणको आयोजना नेपाल मुक्तक प्रतिष्ठान काठमाडौंले गरेको थियो । सोही प्रतिष्ठानकै अध्यक्ष रामकाजी रहेका थिए भने प्रमुख अतिथिमा साहित्यकार, कवियित्री एवम् गजल लेखिका उषा शेरचन रहेकी थिइन् ।
प्रमुख अतिथि उषा शेरचन तथा मुक्तक कृतिकार प्रतिमा केसी ‘प्रवासी’ लगायत समारोहका सभापति, कृतिकारकै पतिदेव कुमार केसी र मञ्चमा आसीन सबैले संयुक्त रूपमा सो कृतिलाई सार्वजनिक गरिएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानकै सदस्य सचिव यादव भट्टराईबाट सञ्चालन भएको सो समारोहमा मुम्तककृति ‘प्रवासी मन’मा समावेश गरिएका मुक्तकहरू बारे साहित्यिक समीक्षक ज्ञानु अधिकारीले समीक्षा गर्दै सो कृति भित्र रहेका आदर्श, दर्शन, देशप्रेम र व्यवहारिक सम्बन्धको बारेमा उत्कृष्ट र सरm रूपमा प्रस्तुत गरेकी छन् भन्दै विदेशी भूमिमा रहेर स्वदेशको वास्तै गर्दैनन् भन्नेहरूलाई सुझाव सहितको उपहार पस्केको कुरा बताएकी थिइन् ।
बग्दा बग्दै समयसंग गण्डकी हुन्छ जिन्दग
न सिङ्गो न टालो मन्द छन्दकी हुन्छ जिन्दगी,
थाती रहँदै जान्छन् सबै पूरा हुन नसकेपछि,
आफ्नै सपनाहरूको बन्धकी हुन्छ जिन्दगी ।
जिन्दगीलाई अनेकौं तरहले परिभाषित गर्न खोज्दै कृतिकार प्रतिमा केसी प्रवासीले यस मुक्तकमा प्रवासमा रहेर अर्थात् आपूm बेलायती नगरमा पसिना बगाएर जीवन नित्यलाई परिश्रममै खटाइरहेको अवस्थामा देश दुखेको खबर बारम्बार सुनिदा आफ्नो मन पनि दुखेकै हुन्छ भन्ने भाव व्यक्त गरेकी छन् ।
परेवाहरू घुर्थे कुखुराका भाले बास्थे मिर्मिरेमा,
चिर्बिर चिर्बिर गर्दै चराहरू नि नाच्थे मिर्मिरेमा,
पशुपंक्षीले मान्छेलाई जीवनको लया सिकाउँछन्,
गाई, भैंसी, बाख्राले घाँस पानी माग्थे मिर्मिमा ।
माछेको शाश्वत जीवनमा पशुपंक्षीहरूको आत्मीय सम्बन्धलाई सकारात्मक मित्रताको खाँचो रहेको कुरालाई पनि यस मुक्तक सँग्रहमा प्रस्तुत गरेको प्रसङ्ग व्यक्त भएको छ सो पुस्तकमा । यस्तै अनेकन भाव विचारले ओतप्रोत भएको ग्रन्थको बारेमा समीक्षात्मक तर्क राख्दै सुनिल अधिकारी, रमेश पौडेल र राधेश्याम लेकालीले आ–आफ्नो मनाृभाव सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्ततिर प्रमुख अतिथि उषा शेरचनले सन्दर्भ र प्रसङ्गलाई जोड्दै केही मुक्तक सहित कृतिकार प्रतिमा केसी प्रवासीलाई सम्मान सहित शुभकामना व्यक्त गरेकी थिइन् । कूल १ हजार १ सय १२ वटा मुक्तकहरू रहेको सो कृति नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशित गरेको हो ।