४ मंसिर, बाँपीझ्याला, ललितपुर । समकालिन एकता समाज नेपालका अध्यक्ष एवं समाजसेवी सकुना श्रेष्ठ मलेकुले आज पुल्चोक स्थित श्रमिक बाल विज्ञान आधारभूत सामूदायिक विद्यालयका छात्रछात्राहरुलाई खाजा खान थाल र चिया दुधको लागि गिलास हस्तान्तरण गरिएको छ ।
प्रधानध्यापक प्रर्शुराम बराललाई स्टिलको थाल र गिलास गरी ९०/९० थान हस्तान्तरण गरिएको छ । वि.सं. २०५५ सालदेखि उक्त विद्यालयलाई निरन्तर आफुले सहयोग गर्दै आएको र समाजसेवी सकुना श्रेष्ठ र निजको पतीको संयुक्त प्रयासमा आफ्नै नाममा भवनको पहिलो तल्लामा एक कोठा समेत बनाई स्कूलका बालबालिकाहरुलाई पढ्नको लागि राम्रो सुविधा उपलब्ध गराउन सहयोग गरेको समाजसेवी सकुना श्रेष्ठ मलेकुले हामीलाई बताउनु भयो ।
समाजसेवामा आफ्नो अमुल्य समय प्रदान गर्दै आउनु भएको समाजसेवी श्रेष्ठले घरनजिकको स्कुल र त्यसमाथी उक्त स्कूलको व्यवस्थापन समितीको सल्लाहकार समेत रहनु भएकोले स्कुललाई आवश्यक पर्ने लुगाफाटा, कपडा लगायत अन्य सामाग्रीहरु आवश्यकता अनुसार सहयोग उपलब्ध गराउँर्दै आएको बताउनु भयो ।
कक्षा ४ देखि ८ कक्षासम्म अध्यापन रहेको उक्त स्कुलमा आजभन्दा डेढबर्ष अगाडीदेखी चाईना फाउण्डेशन फर रुरल डेभलपमेन्टल नेपालको सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्ट थसिखेलको संयोजनमा विद्याथीहरुको लागि विहान दुध र दिउँसो खाजाको व्यवस्थापन गर्दै आईरहेको उक्त स्कुलमा चिया खाजा खानको लागि समाजसेवी श्रेष्ठले आज दिउँसो चिया खाने गिलास र थाल उपलब्ध गराई दिएको हो ।
यसरी सहयोग उपलब्ध गराउँर्दै आउनु भएका समाजसेवी सकुना श्रेष्ठ मलेकु र वहाँको परिवारलाई प्रधानध्यापक प्रर्शुराम बरालले आफु सम्पूर्ण शिक्षक परिवार र स्कुलको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनी निरन्तर सहयोगको अपेक्षा गरेको भन्नु हुर्दैै मुरी मुरी धन्यवाद व्यक्त गर्नु भएको थियो ।
यसै गरी ग्लोबल कोअपरेशन फर डेभलपमेन्ट थसिखेलका फिल्ड संयोजक उत्तम कार्कीले आजभन्दा डेढबर्ष अगाडीदेखि उक्त विद्यालयका विद्यार्थीहरुलाई दुध खाजा उपलब्ध गराउँर्दै आएको र स्कुलसँगको सम्झौता अनुसार २ शय दिनसम्म दुध खाजा उपलब्ध गराउनु पर्ने समेत वहाँले बताउनु भयो । यसरी दुध खाजा उपलब्ध गराउँर्दै आएकोमा आज समाजसेवी सकुना श्रेष्ठ मलेकुज्यूले थाल र गिलास उपलब्ध गराई दिनुभएकोमा विद्यार्थीहरुको लागि थप सजिलो भएको बताउनु भयो ।