Search

युवासंघको प्रदर्शनस्थल परिवर्तन

युवासंघको प्रदर्शनस्थल परिवर्तन

४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।

सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले जनाएका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!