Search

उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाए

उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाए

३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाएका छन् । त्यस्तै काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि छठघाट बनाइएको छ ।

छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!