२ मंसिर, बाँपीझ्याला, दोलखा । पूर्व अरनिको यातायात प्रा.ली.ले अरनिको पहाडीमार्गमा रहेका तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको छ । चामुण्डा आयल स्तोर कांफ्लेटी, पाँचकुमारी आयल स्टोर २८ किलो र उग्रचण्डी आयल स्टोर बुडोल बनेपालाई बहिष्कारको निर्णय गराएका हुन ।
पूर्व अरनिको यातायातका संचालक समितीको बैठकको निर्णय अनुसार अन्य यातायात समितिका बसलाई उधारोमा तेल हालेर प्रोत्साहित र अरनिकोलाई अफ्ठयारो र निरुत्साहीत गरेको ठहर सहित तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गर्ने निर्णय सार्वजनिक गरेको छ ।
साथै उक्त पम्पहरुमा डिजेल नहाल्न पूर्व अरनिको यातायात प्रा.ली.का सदस्य सचिव प्रभुराम थापाले प्रेश बिज्ञप्ति जारी आव्हान गरेका छन । दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा यातायात संचालन गर्दै आएको अरनिकोले पछिल्लो समय ओखलढुँगा र सोलखुम्वुमा पनि यातायात संचालन गरिरहेको छ ।
सदस्य सचिव थापाले अरनिकोले ओखलढुँगाको पलापु क्यूलाई घोराखोरीतर्फका सुपरहरुवाट नियमित क्यू खानेगरी घोलेर चलाउने र उक्त क्यू लिने गाडिहरुलाई प्रति ट्रिप एक सय लिटर डिजेल समितिले हालि दिने निर्णय गरेको समेत बताउनु भयो ।