१ कार्तिक, बाँपीझ्याला, काठमाण्डौं । निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (International Federation of Asian and Western Pacific Contractors’ Association) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन यही मंसिर ५ गते देखि ९ गतेसम्म काठमाण्डौंमा हुन गईरहेको छ ।
उक्त जानकारीको लागि आज नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय कार्यालय अनामनगर काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यालय अनामनगर काठमाण्डौंमा आज दिउँसो १ बजे हुन गईरहेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय सम्मलेनबारे बिस्तृत कार्यक्रम सार्वजनिक गर्न लागिएको छ भनी निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताउनु भयो ।
निर्माण व्यवसायी महासंघ सन् १९९३ देखि सदस्य रही हाल अध्यक्षता समेत ग्रहण गरिरहेको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (International Federation of Asian and Western Pacific Contractors’ Association) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौंमा Partnering in Sustainable Infrastructure भन्ने नारा सहित सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यतामा हुन गइरहेको समेत महासचिव दहालले बताउनु भयो ।
यसरी हुन गईरहेको पत्रकार सम्मलेनमा सम्पूर्ण मिडियाकर्मिहरुको उपस्थितीको लागि हार्दिक अनुरोध सहितको विज्ञप्ती जारी गरिएको छ ।