Search

नेपाल सम्वत् ११४४ को भिन्तुना ¥यालीमा द्वाल्खा, तौथली, दुती, लिस्ती र जेठल बाजागाजा सहित एउटै व्यानरमुनी सहभागी हुने

नेपाल सम्वत् ११४४ को भिन्तुना ¥यालीमा द्वाल्खा, तौथली, दुती, लिस्ती र जेठल बाजागाजा सहित एउटै व्यानरमुनी सहभागी हुने

बाँपीझ्याला, काठमाण्डौं । नेपाल सम्वत् ११४४ को अवसरमा द्वाल्खा, तौथली, दुती, लिस्ती र जेठलबाट उपत्यकामा आई बसोबास गर्ने नेवार जाती एउटै व्यानरमुनी समावेश भई यही २०८० साल कार्तिक २८ मंगलबारको दिन नयाँ बर्ष नेपाल सम्वत्को भिन्तुना ¥यालीमा सहभागी हुने निर्णय गरिएको छ ।

नेवाः देय् दवु द्वाल्खा–स्वःनिगको संयोजन र द्वाल्खा नेपाल भाषा खलकका अध्यक्ष नहेन्द्र प्रधानको अध्यक्षतामा आज दियालो पार्टी भेन्यू बसुन्धारामा बसेको संयुक्त छलफल भेलाले उक्त निर्णय गरिएको हो भनी द्वाल्खा नेपाल भाषा खलकका अध्यक्ष नहेन्द्र प्रधानले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।

द्वाल्खा र तौथलीको स्थानिय बाजागाजा सहित उक्त ¥यालीमा उपत्यकावासी द्वाल्खामी, तौथलीमी, लिस्तीमी, दुतीमी र जेठलमीको सहभागी हुने निर्णय गरेको समेत अध्यक्ष प्रधानले जानकारी दिनु भयो । यसरी हुन गईरहेको नेपाल सम्वत् ११४४ को नयाँ बर्षको अवसरमा बसन्तपुर डबलीबाट शुरु हुन गईरहेको ¥यालीमा सम्पूर्ण दोलखावासी, तौथलीवासी, लिस्तीवासी, दुतिवासी र जेठवासी दाजुभाई, दिदीबहीनीहरुलाई आ–आफ्नो संस्था र स्थानको पोशाकमा २८ गते विहानको ७ देखि ७ः३० बजे न्युरोड दमकल अगाडी उपस्थित भई कार्यक्रममा सहभागी हुन समेत वहाँले अनुरोध गर्नु भएको छ ।

आजको बैठकमा द्वाल्खा नेपाल भाषा खलकको तर्फबाट अध्यक्ष नहेन्द्र प्रधान, कालिञ्चोक युवा क्लवको तर्फबाट महासचिव सन्तोष प्रधान, द्वाल्खा गुठीको तर्फबाट महासचिव उपेन्द्र प्रधान र सचिव निरेन्द्र मास्के, नेवाः देय् दवु दोलखा जिल्लाबाट अध्यक्ष देवेन्द्रनारायण प्रधान, नेवाः देय् दवु द्वाल्खा–स्वःनिगको तर्फबाट सचिव कल्पना श्रेष्ठ महर्जन, पाठशाला ग्रुपको तर्फबाट अध्यक्ष मेरिना कायष्ठ, सदस्य मनोज चाकुबजी, सदस्य पर्वत श्रेष्ठ, बाँपीझ्याला डटकमका सह–सम्पादक तथा नेवाः देय् दवु काठमाण्डौं जिल्ला अतिरिक्त क्रियाकलापका संयोजक बालकृष्ण श्रेष्ठ, नेवाः देय् दवु बागमती प्रदेश प्रतिनिधी केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ, नेवाः देय् दवु त्रिपुरासुन्दरी गाउँपालीका तौथलीको तर्फबाट अध्यक्ष एवं परिषद् सदस्य अमृत बहादुर श्रेष्ठ, नेवाः देय् दवु सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष भेषबहादुर श्रेष्ठ, नेवाः देय् दवु त्रिपुरासुन्दरी गाउँपालीका सदस्य विमल श्रेष्ठ, श्री लिस्तीमाई गुठी सेवा समिती लिस्तीकोटको तर्फबाट सदस्य हिरा प्रधान, दुतीबाट प्रदिप प्रधान र दोलखाबाट कृष्णनारायण श्रेष्ठको उपस्थिती रहेको थियो ।

यसै गरी यस बैठकमा बिभिन्न कारणवस समकालिन एकता समाज नेपाल, बनारसी सहयोगी हातहरु, साथीको लागि साथी, छिजी द्वाल्खा डोबर र द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष एवं प्रतिनिधी सहभागी हुन नसके पनि आजको बैठकको निर्णयमा सहमती जनाउँर्दै सहभागी हुने थाहा भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!