Search

नेपाल सम्वत् ११४४ को अवसरमा चौतरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन

नेपाल सम्वत् ११४४ को अवसरमा चौतरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन

बाँपीझ्याला, सिन्धुपाल्चोक । नेवाः देय् दवु केन्द्रीय समिती, बागमती प्रदेश, स्वनिगः विशेष प्रदेश नेवाः क्षी ः नेवा (काठमाडौं, यें, भक्तपुर, खप र ललितपुरः यले) को संयोजन र नेवा देय् दबू सिन्धुपाल्चोक जिल्ला समिति, चौतरा नगर समिति तथा नेवाः मिसा दबू सिन्धुपाल्चोकको आयोजनामा नेपाल सम्वत् ११४४ एंव बागमती प्रदेशले नेवाः भाषालाई कामकाजीको भाषामा प्रयोग गर्न पाउने बिधेयक पास गरेको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना सम्पन गरेको छ ।

उक्त शुभकामना कार्यक्रमको प्रमुख अतिथीमा चौतारा सागाँचोकगदी नगरपालिका प्रमुख कृषा प्रसाद सापकोटाको आतिथ्यता रहेको थियो । यसै गरी बिशेष अतिथिहरुमा पुर्बमेयर अमानसिङ तामाङ, निराजन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी बाला नरसिंह राणा, जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सीता थापा, उपमेयर, पुर्ब उप–प्रमुख बाल कुमारी सापकोटा, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपाध्यक्ष, नेवाः देय् दबू केन्द्रीय समितिका बागमती प्रदेश उपाध्यक्ष शान्त श्रेष्ठ, स्वनिग बिशेष प्रदेशका श्रीकृष्ण महर्जन, कृषा माध्यमिक विद्यालयका प्रधानध्यापक डबर बहादुर श्रेष्ठ लगायत राजनैतिक पार्टी प्रतिनिधीहरु र बिभिन्न संघ–संस्थाका प्रतिनिधहरु र शुभचिन्तक महानुभावहरुको बाग्लो उपस्थिती रहेको थियो ।

प्रमुख अतिथीबाट सुकुन्दाबाट पानसमा बत्ति बाली बिधिवत उद्घाटन गर्नु भएको थियो । यसरी उद्घाटन पश्चात उपस्थिती प्रमुख अतिथी, विशेष अतिथी र अतिथीज्यूहरुलाई नेवा: देय दबू अंकित लोगो, टिका, कोखाबाट सत्कार गरिएको थियो ।

चौतारा नगरपालिकाका नेपालभाषा लागू गर्न कानुन बनाउने सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नेपालभाषा लागू गर्न आवश्यक कानुन निर्माण गर्ने भएको छ । चौतारामा आयोजित भिंतुना एवं शुभकामना कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नेपालभाषालाई लागू गर्न आवश्यक पहल गर्ने बचन दिनु भएको थियो ।

नेवाः देय् दबू केन्द्रीय समिति, स्वनिगः विशेष प्रदेशका संयोजक श्रीकृष्ण महर्जनले नेपाल भाषा नेवार जातीको आफ्नो मौलिक पहिचान संग जोडिएकोले यसको उचित प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

नेवाः देय् दवु सिन्धुपाल्चोक जिल्लाका अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेवाः देय् दवुका केन्द्रीय सचिव हरिकुमार श्रेष्ठले संचालन गरिएको थियो । यसै गरी स्वागत धुर्वलाल श्रेष्ठले गर्नु भएको थियो भने उपस्थित महानुभावहरुलाई सिता कसजुले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

अन्तमा सभापती एवं नेवाः देय् सिन्धुपाल्चोक जिल्लाका अध्यक्ष रामशरण श्रेष्ठले कार्यक्रम सफल बनाउ पाल्नु हुने सवैमा हार्दिक आभार व्यक्त गर्दै सम्पन्न गर्न सहयोग गर्नु सवैमा धन्यवाद दिनु हुर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा सगुन र समैबजीको व्यवस्थापन गरिएको थियो भनी नेवाः देय् दवुका केन्द्रीय सचिव हरिकुमार श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment