Search

अभिनेत्री दिपाशा बीसीको निधन, पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा

अभिनेत्री दिपाशा बीसीको निधन, पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री दिपाशा बीसीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएकी अभिनेत्रीलाई बिहीवार दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिहीबार बेलुकीमात्र नर्भिकले पोस्टमार्टमका लागि शवलाई टिचिङ पठाएको हो । दुबईमा रहेकी उनकी आमा नेपाल आएपछि मात्र अन्तिम संस्कार गरिने चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताउनु भयो ।

बीसीको निधनमा कलाकारले सामाजिक संजालमार्फत शोक व्यक्त गरिरहेका छन् । फिल्म र म्युजिक भिडियोमा चलेकी कलाकार बीसी जलपरी नामले समेत चर्चित छिन् । उनको निधनको खबर सुनेपछि नर्भिक परिसरमा कलाकारको बाक्लो उपस्थिती थियो ।

यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!