बाँपीझ्याला, काठमाडौं । अर्घाखाँचीमा जन्म भई विविध काम, व्यापार, शिक्षा आर्जन पेशा व्यवसायको सिलसिलामा काठमाडौंमा रहेका अर्घाखाँचीबासिन्दा र काठमाडौंका संस्कृतिप्रेमी सामाजिक अभियन्ताहरूको समन्वयमा अर्घाखाँचीमा प्रचलित भैरवनाथ नाच हिजो काठमाडौंको काल भैरव हनुमानढोका परिसरमा प्रदर्शन गरिएको छ ।
प्रहरी प्रमुख महानिरीक्षक बसन्तबहादुर कुवँरको प्रमुख आतिथ्यतामा उद्घाटन पश्चात् प्रारम्भ भएको भैरव नाच अवलोकन गरि हेर्नेहरूको उल्लेख्य उपस्थिति थियोे । अर्घाखाँचीमा रहेका नेवारहरूको विशेष प्रदर्शनी भए पनि वाद्यवादन भने समावेशी नै देखिन्थे । जसमा मृदङ्ग, बाउल ( सानो झ्याली) लाई विशेष महत्त्व दिइएको देखिन्थे । काल भैरव, रक्तवर्ण भैरव र श्वेत भैरवका साथमा श्वेत गणेशको पनि प्रस्तुतिमा देखिएका थिए ।
यो भैरवको नाच देखाउनु पूर्व मध्यरातमा नै जाग्राम रहेर काग पंक्षी उड्नु पूर्व नै भैरवनाथको आराधना गर्नुपर्ने चलन रहेको उद्घोषकले बताएका थिए । यो नाच हरेक वर्ष प्रदर्शनीमा निरन्तर रहे पनि २०७२ सालको भूकम्प, कोरोना जस्ता दैवीय व्ववधानका कारण स्थगन भएकोले ७ वर्ष पछि प्रदर्शनीमा ल्याइएको र अब माग अनुसार ठाउँ ठाउँमा प्रदर्शन गर्ने लक्ष्य रहेको आयोजकले बताएका छन् ।
प्रमुख अतिथि प्रहरी प्रमुख महानिरीक्षक बसन्तबहादुर कुवँर लगायत अर्घाखाँचीका विशिष्ट मान्यजनहरूको उपस्थितिमा भएको सो भैरव नाचलाई करीब तीनसय दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । स्मरण रहोस् प्रमनानि बसन्त कुवँर अर्घाखाँची निवासी हुन् ।
यसै गरी प्राचिन शहरमा बिभिन्न जात्रामात्रा र नाचहरु रहेको र उक्त नाच जात्रालाई दोलखाभन्दा बाहिर लगेर प्रर्दशन गर्नु हुने केही छन । यस खालका नाच जात्रालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थानहरुमा प्रर्दशन गर्न सकेमा अझ दोलखाको प्राचिनता र महत्व अनी ईतिहास उर्जागर गर्न मद्धत पुग्ने थियो भनी नेवाः देय् दवुका केन्द्रिय उपाध्यक्ष एवं दोलखाका समाजसेवी शान्त श्रेष्ठले बताउनु भयो ।
हिजो अर्घाखाजीको भैरव नाच प्रर्दशनमा आफु लगायत दोलखावासीहरुको उपस्थिती भएको र उक्त नाचले आफ्नो मौलिकता र पहिचान देखाउन सफल भएको समते वहाँले बताउनु भयो ।