Search

चिनियाँ सेनाको दुई विमान भूकम्प पीडितलाई राहत सामग्री लिएर आउँदै

चिनियाँ सेनाको दुई विमान भूकम्प पीडितलाई राहत सामग्री लिएर आउँदै

बाँपीझ्याला, काठमाण्डौं । भूकम्प पीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ । चीन सरकारले भूकम्प पीडितलाई दिने राहत सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नेछन् ।

चीनले आफ्नो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्‍याउनेछ । चिनियाँ सेनाको जहाजमा सामान आउने भनिए पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएको छ । चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!