Search

काठमाडौँ महानगरले भूकम्पपीडितलाई २ हजार थान ब्ल्याङकेट पठायो

काठमाडौँ महानगरले भूकम्पपीडितलाई २ हजार थान ब्ल्याङकेट पठायो

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ। काठमाडौंले २ हजार घर परिवारका लागि खाद्यान्न, औषधि तथा सफाइ सामग्री पनि पठाउने तयारी गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो। महानगरको विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमका अनुसार भूकम्प प्रभावित क्षेत्रमा प्रतिपरिवार ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल स्थलमार्गबाट पठाइनेछ।

‘सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५०० एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धीकरण गर्ने प्युरिफायर झोल, १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवनजल, २ फाइल सिटामोल र फोहोर राख्नका लागि ठूलो प्लास्टिक झोलाको एक प्याकेट पठाउने तयारी गरिएको छ’, गौतमले भने।

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन शाहले बताएका छन्।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!