Search

भीमेश्वर नगरपालीका वडा नं. ४ जिलुमा ठेकि उत्पादन शुरु

भीमेश्वर नगरपालीका वडा नं. ४ जिलुमा ठेकि उत्पादन शुरु

बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. ४ स्थित जिलुमा काठको ठेकी भाडा उत्पादन शुरु गरिएको छ । वडा नं. ४ जिलुमा उद्यमशिल विकास कार्यक्रम अन्तर्गत वडास्तरीय विनियोजित एक लाख बजेटबाट उक्त काठको ठेकी उत्पादन गरी बिक्रि वितरण शुरु गरिएको हो भनी वडा नं. ४ का वडाध्यक्ष तारानाथ चौलागाईंले बताउनु भयो ।

यसै गरी बेरोजगार युवाहरूलाई स्वरोरोजगार बनाई जिबिकोपार्जनमा टेवा पुर्याउनुका साथै पुराना काठका भाँडाबर्तन बनाउने पेशा ब्यबसायको संरक्षण गराउने गरी दुई उद्देश्यले यस कार्यक्रम शुरु गरिएको समेत वहाँले बताउनु भयो ।

यस ठेकी बनाउने कार्यमा सोही वडा बाचिला निवासी हिराबहादुर घतानि (रविन) ले यस पेशामा संलग्न भएकोले पछीको दिनमा यस व्यवसायबाट भीमेश्वर नगरलाई मात्र नभएर सिङ्गो दोलखा जिल्लालाई नै ठेकी उत्पादनबाट नाम चर्चामा आउने विश्वास रहेको र बेरोजगार युवाहरु रोजगार हुने समेत बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!