Search

दोलखाको स्थानीयतहले जाजरकोट र रुकुमका भुकम्प पिडितलाई २० लाख सहयोग

दोलखाको स्थानीयतहले जाजरकोट र रुकुमका भुकम्प पिडितलाई २० लाख सहयोग

बाँपीझ्याला, दोलखा । २०८० कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भुकम्प गएको थियो । भुकम्पबाट धनजनको ठुलो क्षति भएको छ । यसै सन्दर्भमा भुकम्प पिडितलाई दोलखाका स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएको छ ।

जिल्ला समन्वय समिति दोलखामा भएको पालिका प्रमुखहरुको बैठकले उक्त निर्णय गरिएको हो ।

भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैत्यश्वर, बिगु, तामाकोशी र गौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैँया भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!