Search

जिरी च्याम्पियनसिप–२०८० खुला पुरुष भलिबल प्रतियोगीता तर्फको उपाधि भरतपुर नगरपालिकालाई

जिरी च्याम्पियनसिप–२०८० खुला पुरुष भलिबल प्रतियोगीता तर्फको उपाधि भरतपुर नगरपालिकालाई

बाँपीझ्याला, दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा सम्पन्न भएको जिरी च्याम्पियनसिप – २०८० को खुला पुरुष भलिबल प्रतियोगीता तर्फको उपाधि चितवनको भरतपुर नगरपालिकाले हात पारेको छ ।

जिरी नगरपालीकाको नगर प्रखुम मित्र जिरेलको सभापतीत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य गंगा कार्की, विशेष अतिथीमा नेपाली काँग्रेसका जिल्ला सभापती बर्मा लामाको उपस्थिती रहेको थियो । यसै गरी अतिथीहरुमा उद्योग बाणीज्य संघका जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायत अन्य संघ–संस्था प्रतिनिधी र व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।

जिरी नगरपालिकाको सहकार्यमा युवा सञ्जाल जिरीले आयोजना गरेको जिरी च्याम्पियनसिप– २०८० को खुला पुरुष भलिभल प्रतियोगीता तर्फ प्रथम भएर भरतपुर नगरपालिकाले उपाधि जितेको हो । प्रतियोगीतामा मकवारपुरको थाहा नगरपालिका द्धितिय भएको छ भने रामेछापको गोकुलगंगा गाउँपालिका तृतिय र रामेछापकै लिखु तामाकोशी गाउँपालिका सानत्वना भएको छ ।

प्रतियोगीतामा प्रथम हुने भरतपुर नगरपालिकालाई एक लाख ५१ हजार, द्वितिय हुने थाहा नगरपालिकालाई एक लाख एक हजार, तृतिय हुने गोकुलगंगा गाउँपालिकालाई ५१ हजार तथा सान्त्वना हुने लिखु तामाकोशी गाउँपालिकालाई २५ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक युवा सञ्जाल जिरीले जनाएको छ ।

फोटो : राजन बस्नेत

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!