Search

रमा–कृष्ण सृजना प्रतिष्ठानद्वारासम्मान तथा पुरस्कार प्रदान

रमा–कृष्ण सृजना प्रतिष्ठानद्वारासम्मान तथा पुरस्कार प्रदान

बाँपिझ्याला काठमाडौं । इन्जिनियर तथा कवि महेन्द्रबहादुर गुरुङद्वारा आफ्नै अध्यक्षतामा स्वर्गीय माता रमालक्ष्मी तथा पिता कृष्णबहादुर गुरुङको नाममा २०६६ सालमा गठन गरेको रमा–कृष्ण सृजना प्रतिष्ठानद्वारा कवि भवानी घिमिरे स्मृति रमा–कृष्णसाहित्य सम्मान नेपाली नेपाल भाषाको बरिष्ठ जनकवि दुर्गालाल श्रेष्ठ (रु. १५ हजार नगद सहित), वीर झागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति अध्ययन सम्मान सँिवधानसभा सदस्य शान्ता चौधरी (रु. १० हजार नगद सहित) समारोहमा प्रदान गरेको छ ।

यसैगरी डा.हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञान प्रविधि पुरस्कार काठमाडौं उपत्यका खानेपानीको स्तर अनुसन्धान गर्ने कान्तिपुर ईन्जिनियरिङ कलेजका २०७५ ब्याचको विद्यार्थी प्रोजेक्ट समूहका हाल इन्जिनियरहरू आदर्श निश्चल घिमिरे, विदेक पोखरेल, उरुषा ढुंगानालाई सामूहिक रूपमा रु. १० हजार प्रदान गरिएको छ ।

सम्माननीय पूर्व प्रधानान्यायाधीश एवं कार्यक्रमका प्रमुख अतिथी कल्याण श्रेष्ठले मन्तव्यको क्रममा बोल्दै यस्तो पुरस्कारले साहित्य, जनजाति र अनुसन्धान तीनै विधालाई समेटेकाले प्रेरणाप्रद भएको बताउनु भयो । बयोवृद्ध बरिष्ठ नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले कविताबाटै आभार व्यक्त गर्नु भएको थियो ।

कम्लरीबाट संविधान सभा सदस्य हुनु भएकी शान्ता चौधरीले सबै प्राणीले संघर्ष गर्नै पर्छ, आपूm पनि शोषित कम्लरीबाट समानुपातिक संविधान सदस्य भएर हिम्मत नहारिकन कखरा सिकी अहिले स्नातक दोस्रो वर्षमा पढिरहेको कुरा बताउँदै मेहनत गरे हुँदो रहेछ । हरेक समस्यालाई पैसामा तौलेर होइन त्यस कुराको गुणग्राहिता जोखेर स्वीकारेको कुरा आफ्नो मन्तव्यमा व्यक्त गर्नु भयो ।

यसै गरी काठमाडौं उपत्यका खानेपानीको परीक्षण गर्ने प्रोजेक्ट समूहका इन्जिनियर विदेक पोखरेलले यस्तो खालको उत्प्रेरक पुरस्कारले भविष्यमा पनि अनुसन्धानमा लागि पर्न प्रोत्साहन मिलेको बताउँदै आयोजक र पुरस्कार दाता प्रति आभार व्यक्त गर्नु भयो । सो अवसरमा संस्थाको १३ वर्षे यात्राको संक्षिप्त विवरण पनि प्रमुख अतिथि लगायत पुरस्कृत व्यक्तित्वहरूबाट लोकार्पित गरी वितरण गरिएको थियो ।

संस्थाका उपाध्यक्ष लक्ष्मी उप्रेतीद्वारा स्वागत उद्गार, महासचिव यादव भट्टराईद्वारा सञ्चालित कार्यक्रमका सभापति महेन्द्रबहादुर गुरुङले पुरस्कारले व्यक्ति होइन बरु संस्था नै पुरस्कृत भएको ठानेको, प्रकृतिको सृजना दुबोको विशिष्ठ महत्व हुन्छ भन्दै संस्थाले वर्षेनी सम्मान र पुरस्कार वितरणका अतिरिक्त बेलबखत अन्तरक्रिया, सम्मान अर्पण, एलबम विमोचन, विचारगोष्ठी र साहित्यिक गोष्ठी गर्दै आएको स्मरण गराउनु भयो ।

पुरस्कृत व्यक्तित्वहरूको संक्षिप्त परिचय जनकवि दुर्गालाल श्रेष्ठको डा. जीवन ‘जीवन्त’, संविधानसभा सदस्य शान्ता चौधरीको सुशील घिमिरे र इन्जिनियर समूहको इन्जिनियर गोपले प्रस्तुत गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!