बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट स्थित नक्छे प्रधान परिवारको कुलघर “नक्छे प्रधान परिवार कुल” घर निर्माणाधिनको मध्यचरणमा पुगेको छ ।
यसै सन्दर्भमा आज नक्छे प्रधान परिवारका जेष्ठ नागरिक अध्यक्ष श्री सुरेन्द्र बहादुर प्रधानको निवास चावहिलमा बसेको बैठकमा कुल घर निर्माण समितीका संयोजक ई.नहेन्द्र प्रधान र कोषाध्यक्ष अमरकुमार प्रधानले हालसम्म कुल घर निर्माणमा नक्छे प्रधान परिवारका सदस्यहरु, चेलीबेटी र वहाँहरुको सन्तानहरुबाट प्राप्त सहयोग रासी र खर्च विवरण पेश गर्नु भएको थियो ।
यसै गरी उक्त कुल घर बनाउन हाल मध्य मध्य तिर पुगेको र केही थप सहयोग रकम आवश्यक भएकोले सहयोग गर्ने भनी बचत दिनु भएका सम्पूर्ण महानुभावहरुलाई यथासक्य छिटो सहयोग रासी जम्मा गर्न र सहयोग गर्न बाँकी रहेका सवैमा यथासक्य सहयोग उपलब्ध गराउन परिवारका अध्यक्ष सुरेन्द्र बहादुर प्रधानले आग्रह गर्नु भएको छ ।
उक्त बैठकमा परिवारका २० भन्दा बढी सदस्यहरुको उपस्थिती रहेको थियो । जसमा परिवारका अध्यक्ष एवं जेष्ठ नागरिक सुरेन्द्र बहादुर प्रधान, सदस्यहरुमा जेष्ठ नागरिक यज्ञकुमार प्रधान, लवकुस प्रधान, बैकुण्ठनारायण प्रधान, जगदिस प्रधान, राष्ट्रभूषण प्रधान, नविन प्रधान (क), उपेन्द्र प्रधान, रविन प्रधान, नविन प्रधान (ख), अमरकुमार प्रधान, माधव प्रधान, नवराज प्रधान, प्रर्शुराम प्रधान, सन्तोष प्रधान, कृष्ण कुमार प्रधान, सचिन प्रधान, ज्योती प्रधान र प्रेमचन्द्र प्रधानको उपस्थिती रहेको थियो ।
अन्तमा अध्यक्ष सुरेन्द्र बहादुर प्रधानले उपस्थिती सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिनु हुर्दै बैठक समापन गर्नु भएको थियो ।