बाँपीझ्याला, काठमाण्डौं । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् चालु अधिवेशन अन्त्य गर्ने व्यवस्था भएकाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।
बिहीबार मध्ये रातिदेखि संसद् चालु अधिवेशन अन्त्य हुने मन्त्री ज्वालाले बताए ।