Search

‘हिउँमा चिप्लिँदै’ नियात्रा संग्रह लोकार्पण

‘हिउँमा चिप्लिँदै’ नियात्रा संग्रह लोकार्पण

१५ कार्तिक, बाँपिझ्याला, काठमाडौ । बाल साहित्य संसारबाट कलम यात्रा थालेकी साहित्यकार तारावदन श्रेष्ठद्वारा लिखित ‘हिउँमा चिप्लिँदै’ नियात्रा सँगालो पुस्तक आज चन्द्रागिरि नगरपालिका स्थित मंगलोदय माध्यमिक विद्यालय थानकोटको सभाकक्षमा लोकार्पण भएको छ ।

स्थानीय थानकोट निवासी वरिष्ठ सााहित्यकार एवं नियात्राकार भुवनहरी सिग्देलको प्रमुख आतिथ्यमा भएको सो लोकार्पण कार्यक्रमको चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । यसै गरी उक्त कार्यक्रममा विशेष अतिथिमा आज लोकार्पित पुस्तकका समीक्षकद्वय नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष धु्रवकुमार घिमिरे र नेपाल इतिहास संघका अध्यक्ष रवीन्द्र रिजालका साथै लेखिका तारावदन श्रेष्ठ थिए ।

यसै गरी विशेष अतिथिकै क्रममा साहित्यकारहरू रमेश विकल साहित्यिक प्रतिष्ठानका महासचिव एवं गोरखापत्र संस्थानका पूर्व अध्यक्ष विजय चालिसे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, सङ्गीत प्रवीण तथा नेपाल शास्त्रीय गायनका अध्यक्ष धनबहादुर गोपाली, मङ्गलोदय मा.वि.का प्रधानाध्यापक कविन्द्र गोपालीको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि भुवनहरी सिग्देलले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेपछि प्रमुख आसनमा आश्रित पाँचैजनाले संयुक्त रूपमा उक्त पुस्तक लोकार्पण गरेका थिए ।

पुस्तक लोकार्पण पश्चात् सो पुस्तकमा लेखिएका यात्रा संगालाको शीर्षकहरू माथि केन्द्रित रहेर समीक्षकद्वय धु्रवकुमार घिमिरे र रविन्द्र रिजालले सुन्दर ढंगले समीक्षात्मक टिप्पणी गरेका थिए । आपूmले लेखेको पुस्तक लोकार्पण समारोहको आयोजना गर्ने चन्द्रागिरि साहित्य समाज र कार्यक्रम सफल बनाउन उपस्थित भइदिन अतिथिवर्गलाई आभारी सहित धन्यवाद ज्ञापन गर्दै लेखिका तारावदन श्रेष्ठ र नेपाल बाल संसारसंग सम्बद्ध रहेका बाल साहित्यकार तेजप्रकाश श्रेष्ठले आ–आफ्ना भाव व्यक्त गरेका थिए ।

स्मरण रहोस् साहित्यकारद्वय तेजप्रकाश श्रेष्ठ र तारावदन श्रेष्ठ सहोदर दाजुबहिनी हुन् भने उनीहरू दुवैजना एकताका रेडियो मास्को संचालक विश्वप्रकाश श्रेष्ठका भाइबहिनी हुन् ।

‘हिउँमा चिप्लिँदै’ नियात्रा सँगालो पुस्तकमा लेखिका तारावदन श्रेष्ठले आपूmले यात्रा गरेका ठाउँको मात्र वर्णन नगरेर त्यहाँको रीतिरिवाज, रहनसहन, धर्म, संस्कृतिबारे स्पष्ट बुझिने र पढ्दै जाँदा पाठक स्वयम् नै त्यो स्थलमा पुगेको महशुस हुने गरी चित्रण गरेकी छन् भन्ने सारांश समीक्षक रविन्द्र रिजालले बताए ।

‘हिउमा चिप्लिँदै’ पुस्तक हेर्दा सामान्य र सानो आकारको छ तर यस भित्र नवीनतम कुराहरू र साहित्यिक क्षेत्रमा आवश्यकीय ज्ञानले भरिएको कुरा समीक्षक धु्रवकुमार घिमिरेले प्रस्तुत गरे । सोही समारोहमा शुभकामना मन्तव्यको क्रममा मंगलोदय मा.वि.का प्रधानाध्यापक कविन्द्र गोपाली, संगीत प्रवीण धनबहादुर गोपाली, वरिष्ठ साहित्यकार विजय चालिसे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र अन्त्यमा प्रमुख अतिथि भुवनहरी सिग्देलले कार्यक्रम आयोजकलाई धन्यवाद दिंदै लेखिका तारावदन श्रेष्ठलाई बधाई व्यक्त गरेका थिए ।

अन्तमा समारोहका सभापति भीमनारायण श्रेष्ठले चन्द्रागिरि नगारपालिकाको थानकोट क्षेत्रमा बसेर साहित्यको सृजना गर्ने हातलाई नमन गर्दै अभैm स्तरीय र चेतनामूलक कीर्तिहरू प्रकाशन हुँदै जाने क्रममा साहित्यकार तेजप्रकाश श्रेष्ठ र तारावदनका हातहरू कहिल्यै नथाकुन् भन्ने अभिलाषा सहित कार्यक्रम समापन भएको घोषणा गरे ।

यस पुस्तकमा रहेका नियात्रा सँगालका शीर्षकहरू यस प्रकारका छन्ः

१) आमासँग मामाघर, २) बुबासँग सिसौवा, ३) बासको रन्को–फन्को, ४) आम्मै ! पटना त चुर्लुम्मै, ५) दिल्ली घुमियो सिल्ली भइयो, ६) केको व्रत ! सधैं व्रतैव्रत , ७) मुक्तिनाथ यात्रा, ८) गढीमाइकी जय, ९) एक फन्को स्वर्गद्वारी र ??, १०) देखेकै थिइनँ यस्तो भोज, ११) माया नै त हो यो, १२) हिउँमा चिप्लँदै चित्लाङ १३) गोरखा बन्दिपुर घुम्दा, १४) घुम्दैफिर्दै गलेश्वरधाम ।

आजको कार्यक्रममा स्वगत भाषण सृजना श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम श्याम बलामीले सञ्चालन गरेको थियो । नियात्रा लेखिका तारावदन श्रेष्ठलाई हाम्रो तपैmबाट शुभकामना !!

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!