बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमालेले चाडपर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालयमा सवा १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।
चियापान कार्यक्रमममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ ।
एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।
दशैं, तिहार, छठ लगायतका नेपालीहरुको महान पर्वलाई मध्यनजर गर्दै विभिन्न राजनीतिक दलले शुभकामना आदानप्रदान तथा चियापान गर्दै आइरहेका छन् ।