Search

नेवाः देय् दवुको सचिवालय बैठक सम्पन्न, काबा चन्द्रलाल राजभण्डारीबाट अध्यक्ष पवित्र बज्रचार्यलाई लालपूर्जा हस्तान्तरण

नेवाः देय् दवुको सचिवालय बैठक सम्पन्न, काबा चन्द्रलाल राजभण्डारीबाट अध्यक्ष पवित्र बज्रचार्यलाई लालपूर्जा हस्तान्तरण

बाँपीझ्याला, काठमाण्डौं । नेवाः देय् दबूका केन्द्रीय कार्यवाहक अध्यक्ष चन्द्रलाल राजभण्डारीको नेतृत्वमा हिजो कार्तिक १३ गते सोमबारका दिन मालपोत कार्यालय काठमाण्डौंबाट देय् दबूको नाममा लालपुर्जा प्राप्त गरिएको छ ।

सोही सन्दर्भ र अन्य एजेण्टाहरुलाई छलफलका विषय बनाएर आज नेवाः दय् दवुको केन्द्रिय कार्यालय टेकुमा सचिवालय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा का.बा. अध्यक्ष चन्द्रलाल राजभण्डारीले जग्गा खरीदको प्राप्त लालपूजा हस्तान्तरण, नेवाः देवुको २९ औं स्थापना दिवस र बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेश भरी सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन पास भएको विधेयकको बारेमा समिक्षात्मक रिर्पोट पेश गर्नु भएको थियो ।

यसै गरी सरकारी कामकाजको भाषा रुपमा मान्यता दिन पेश भएको विधेयक पास गर्न सहयोग गर्नु हुने बागमती प्रदेशका मुख्यमन्त्री, सभामुख र सासंदहरुलाई दुवुको संयोजनमा बिभिन्न नेवाः संघ–संस्थाहरुको सहभागी र सहयोगमा भएको आभार सहित धन्यवाद कार्यक्रम गरिएको जानकारी दिनु भएको थियो ।

यसै गरी नेपाल सम्वत् ११४४ को अवसरमा देय् दवुका वडा समितिदेखि केन्द्रीय समितीसम्मलाई आ–आफ्नो कार्यक्षेत्रमा रही नयाँ बर्ष मनाउन सर्कुलर जारी गर्ने निर्णय गरिएको छ । यसै गरी पदाधिकारी, सचिवालय सदस्य र आमन्त्रीत केन्द्रिय सदस्यहरुले आ–आफुले समिक्षात्मक रिर्पोट पेश गरेको थियो ।

अन्तमा अध्यक्ष पवित्र बज्रचार्यले आफ्नो अनुपस्थितीमा पनी बरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले कार्यवाहक अध्यक्ष पाउन जुन जिम्मेवारी बहन गरी लालपूजा प्राप्त गर्ने लगायत अन्य महत्वपूर्ण काम सम्पन्न गरेकोमा वहाँ लगायत सम्पूर्ण सहयोगी सदस्यहरु प्रति हार्दिक आभार सहित धन्यवाद दिनु हुर्दै यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न भई सहयोग गर्नु हुने प्रति आभार व्यक्त गर्नु भएको थियो ।

यसै गरी बन्न लागेको नेवाः छेँको लागिन् सहयोग गर्नु हुने र जग्गा दवुको लालपूर्जा दिलाउन सहयोग गनु हुने सहयोगीहरुलाई बिशेष आभार व्यक्त गरिएको बताउनु भयो ।

मालपोतमा लालपूजा प्राप्तीको लागि कार्यवाहक अध्यक्ष राजभण्डारी, बागमती प्रदेश प्रतिनिधी केन्द्रिय उपाध्यक्ष शान्त श्रेष्ठ, महासचिव सत्यनारायण डंगोल, स्वनिगः विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जन, काठमाण्डौ जिल्ला अध्यक्ष धनबहादुर महर्जन तिमिला, कार्यालय सचिव राजन डंगोल र चःमति जग्गा एकीकरण आयोजनाका प्रतिनिधि कुमार प्रसाद तिमिल्सिनाको उपस्थितीमा लालपूजा प्राप्त भएकोमा वहाँहरुलाई विशेष धन्यवादन दिनु हुर्दै आजको सचिवालयको बैठक अध्यषा पवित्र बज्रचार्यले समापन भएको घोषणा गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!