गजल !

गजल !

हिजो थिएन मसंग केही भेट्न जाँदा मुन्टो बटाथ्र्यो,
फुर्ति चानचुने थिएन उसको बाटोमा पैसा पछाथ्र्यो ।

आँखा तरेर हिँड्थ्यो ऊ के छ त साथी भनेर सोद्धा,
जे भए पनि तिम्ले टार्ने होइन भनी मलाई हकाथ्र्यो ।

अलिक ठूलाठालुको जमघटमा भेट हुँदा नि एक्कासी,
हलुवामा बालुवा मिसिन खोज्यो भनी उक्ति सपाथ्र्यो ।

अरुले तपाईँ भनोस् नभनोस् थियो उसमा मपाइँत्व,
खाली मञ्चमा कोही नहुँदा पनि स्वयम्लाई थचाथ्र्यो ।

हिजो आज बोल्दैनन् उ देख्दा हत्तपत्त देखे नि कसैले,
जसलाई उसले अहंताको वचन र गालीले लघाथ्र्यो ।

हिजो थिएन मसंग केही भेट्न जाँदा मुन्टो बटाथ्र्यो,
फुर्ति चानचुने थिएन उसको बाटोमा पैसा पछाथ्र्यो ।

बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!