Search

नेवाः देय् दबूको नाममा जग्गाधनी पुर्जा प्राप्त

नेवाः देय् दबूको नाममा जग्गाधनी पुर्जा प्राप्त

बाँपीझ्याला, काठमाण्डौं । नेवाः देय् दबूका केन्द्रीय कार्यवाहक अध्यक्ष चन्द्रलाल राजभण्डारीको नेतृत्वमा आज कार्तिक १३ गते सोमबारका दिन मालपोत कार्यालय काठमाण्डौंबाट देय् दबूको नाममा लालपुर्जा प्राप्त भएको छ ।

मालपोत कार्यालयमा कार्यवाहक अध्यक्ष राजभण्डारी, बागमती प्रदेश प्रतिनिधी केन्द्रिय उपाध्यक्ष शान्त श्रेष्ठ, महासचिव सत्यनारायण डंगोल, स्वनिगः विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जन, काठमाण्डौ जिल्ला अध्यक्ष धनबहादुर महर्जन तिमिला, कार्यालय सचिव राजन डंगोल र चःमति जग्गा एकीकरण आयोजनाका प्रतिनिधि कुमार प्रसाद तिमिल्सिनाको उपस्थिती रहेको थियो भनी कार्यवाहक अध्यष चन्द्रलाल राजभण्डारीले बताउनु भयो ।

यसै गरी उक्त जग्गामा भवन निर्माण कार्यको लागि सहयोग रकम संकलन गरिएकोले सम्वन्धीत सवै व्यक्ति, संघ–संस्था र शुभचिन्तक नेपालीहरुको लागि आर्थिक सहयोग उपलब्ध गराई भवन निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्न समेत कार्यवाहक अध्यक्ष राजभण्डारीले अनुरोध गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!