बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका अध्यक्ष स्टालिन श्रेष्ठको अध्यक्षतामा यही कार्तिक ३ गते कोत विहार्छे श्रेष्ठ परिवारको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा दोलखास्थित अधिकांश कोत विहार्छे श्रेष्ठ परिवारका सदस्यहरु एवं दाजुभाईहरुको उपस्थिति रहेको थियो ।
बैठकले वर्षेणी हुने खड्गजात्रामा भाग लिने तथा कुलदेवता भवन निर्माणार्थ जग्गाका सम्वन्धमा आवश्यक व्यवस्थाका लागि छलफल गर्नुका साथै उक्त कार्य कार्यान्वय गर्ने सर्वसम्मतीले निर्णय गरिएको छ भनी कोत विहार्छे श्रेष्ठ परिवारका संयोजक समाजसेवी प्रकास श्रेष्ठले बताउनु भयो ।