Search

कंगना रनौतको फिल्म तेजस रिलिज

कंगना रनौतको फिल्म तेजस रिलिज

बाँपीझ्याला, काठमाण्डौं । कंगना रनौतको फिल्म तेजस रिलिज भएको छ । यो फिल्ममा कंगना भारतीय एयरफोर्सकी पाइलटकी भूमिकामा छिन् । झन्डै एक वर्षपछि ठूलो पर्दामा फर्किएकी कङ्गनाको यो फिल्मको प्रतीक्षामा फ्यानहरू थिए ।

अभिनेत्रीले पनि यो फिल्मको घुँडै धसेर प्रमोसन गरेकी थिइन् । तर यो फिल्मले हलमा खासै जादु भने देखाउन सकेन । फिल्मको यति धेरै प्रमोसन गरेर पनि कंगनालाई केही फाइदा भएन ।

क्रिटिक्स र दर्शक दुबैबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको कमाई १ करोड २५ लाख भारु मात्रै भएको बताइएको छ । फिल्मले पहिलो दिनमा २ देखि ३ करोड कमाउने आशा गरिएको थियो । यो फिल्ममा कङ्गनाको साथमा अंशुल चौहान, वरुण मित्रा, आशीष विद्यार्थी र विशाख नायर पनि छन् ।

यो फिल्म भारतको १ हजार ३०० ओटा स्क्रिनमा रिलिज भएको थियो । गएको केही वर्ष कंगनाका लागि खासै राम्रो रहेनन् । लामो समयदेखि फ्लपमाथि फ्लप फिल्म दिइरहेकी छिन् । तेजस अघि धाकड र चन्द्रमुखी २ रिलिज भएको थियो । यी दुवै फिल्म पनि बक्स अफिसमा फ्लप साबित भए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!