Search

विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारे

विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारे

बाँपीझ्याला, काठमाण्डौं । विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारेको छ । लगातार तेस्रो र समग्रमा चौथो हारसँगै इंग्ल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । बिहीबार भारतको बैंग्लुरुमा इंग्ल्याण्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले मात्र २५.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात राम्रो थिएन । २३ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका लागि पथुम निसांका र सदिरा समरविक्रमाले जित दिलाए । त्यसक्रममा दुबैले तेस्रो विकेटका लागि अविजित १३७ रनको साझेदारी गरे । निसांका ७७ र समरविक्रमा ६५ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको थियो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो ।

बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए । इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २-२ विकेट लिए ।

जितसँगै श्रीलंका ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने इंग्ल्याण्ड २ अंकका सात नवौं स्थानमा झरेको छ ।

सबै टिमले चार खेल खेल्न बाँकी रहेको अवस्थामा इंग्ल्याण्डको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । तर शीर्ष चारमा परेर सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न इंग्ल्याण्डले प्रतियोगितामा अपराजित रहेको भारतलाई समेत हराएर सबै खेल्न जित्नुपर्छ । किनकी शीर्ष टिम भारतको १० अंक छ भने चौथो स्थानमा रहेको अष्ट्रेलियाको ६ अंक छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!