भरत श्रेष्ठ, दोलखा
कालरात्रीमा तलेजु मन्दिरमा रहेका गुठीयार, पुजारीहरु लगायत पिङ्गलबाट आएका डोवर खसी (गम्बिर खड्ग) बाजागाजाका साथ मध्य रात (१२ बजे) राइती गएर चोखो पानी थापी ल्याउँछन् । तलेजु भवानीमा पुगेर गणेश स्थानमा पुजा गर्न पूजा सामाग्री तयार गरी बोका पर्साएर गणेश थान पूजा गर्न बाजागाजा सहित जान्छन् ।
बीचबाटो (राइतीको नारायण स्थान) पुगेर त्यहाँ पिङ्गलको गम्बीर खड्गलाई पर्खेर बसेको हुन्छ । पिङ्गलबाट गम्बीर खड्ग सहनाइ फुकाई पूजा समान लिएर आइ पुगेपछि सँगै गणेशथान जान्छन् । गणेश स्थानमा पूजाआजा सिध्याएपछि दुबै खलक फर्कन्छ । राजकुलबाट आउनेहरु राजकुलमा पस्छन् भने पिङ्गलबाट आउनेहरु छुट्टिएर पिङलतिर जान्छन् ।
यसरी राजकुलमा पुगेर फेरी पूजा सामाग्री तयार गरेर करिब १ वजे राती बाजागाजा सहित कालरात्री पूजाको निम्ती जोर बोका पर्साइ भीमेश्वर मन्दिर लाग्छन्, बीचबाटो टसिचामा आइपुगे पछि अघिकै जस्तै पिङ्गलको गम्बीर खड्गलाई पर्खेर बस्छन् ।
एउटा सहनाइ फुकाएर पूजा सामाग्री सहित पिङ्गलको गम्बीर खड्ग आइपुगेपछि श्री भीमेश्वर मन्दिर तिर बाजागाजा सहित जाने गर्दछन् । श्री भीमेश्वरमा किर्किपा सहितको मुकुट र गहना पहि¥याएर विधि–विधानले पुजा गरे पछि भीमेश्वरको सिलाबाट चुलिकासम्म सेतो कपडा टाँगिन्छ । जसअनुसार भीमेश्वरले बलि खाने बेलामा सेतो कपडाको बाटो गरी अरु रुप चुलिकामा गएर बस्ने र काली भगवतीको रुपमा भीमेश्वरको सिलामा बसी बलि खाने गर्दछन् भन्ने प्रचलन रहेको छ ।
त्यसपछि देवीकोटबाट पूजा नआएसम्म भीमेश्वर पछाडीबाट देवीकोट (त्रिपुरासुन्दरी) तिर फर्केर बाजा बजाएर बसिरहन्छ । देवीकोटबाट पूजा सामाग्री तयार गरेर पुजारी लगायत सबै आइसके पछि पुजारीद्वारा सर्वप्रथम कुन्तीलाई कुमारी पाठी पूजा गरिन्छ । त्यसपछि भीमेश्वरलाई जोर बोका पूजा गरिसकेपछि राँगो पूजा सुरु हुन्छ ।
उक्त दिन भीमेश्वर मन्दिरमा गुठीबाट ५ वटा राँगोको बलि दिईन्छ । उक्त पुजालाई सरकारी पुजा भनिन्छ । बलि पश्चात एक वटा राँगोको टाउको सहित रातारात नै देवीकोट लान्छन् । अन्य राँगाहरु पालैपालो पुजा गरी हामिल्ठो (सत्तार) र व्यक्तिहरुको भाकल गरेका रागाँहरु पुजा गरेपश्चात अन्तिममा लिमिल्ठो तोकिएको राँगो पूजा गरिन्छ ।
त्यस पछि भीमेश्वर मन्दिरको मूल ढोका बन्दगरी भीमेश्वरको उत्तर पश्चिम तिर रहेको भीम भैरवको शिलामा भेडा पूजा गरिन्छ र बली पूजा विसर्जन गरिन्छ । यो पूजा पश्चात चार दिन सम्म भीमेश्वर मन्दिरमा कुनै पनि किसिमका बलि पुजा हुँदैन । कालरात्री पूजा पश्चात भीमेश्वरबाट फूलप्रसादहरु झिकी बाजागाजा सहित राजकुल फर्कने क्रममा पुरान्छे टोलमा बसेका हिफाथामीलाई भीमेश्वरको फूल–अक्षेता दिनु पर्छ । फुल लिएपछि हिफाथामी देवीकोट तिर जान्छन् भने गुठीयारहरु राजकुलेश्वर तिर लाग्दछन् । राजकुलेश्वरमा पुगेर पूजा विधि सम्पन्न गरिन्छ ।
नक्छे प्रधान परिवारको कुल घरमा थाकती जेष्ठ नागरिक यज्ञकुमार प्रधानज्यूको हातबाट टिका ग्रहण गर्दै ईभा प्रधान, पुनिसमान प्रधान
हिफाथामी सरासर भीमेश्वर नजिकैको तीन धारामा नुहाएर भीमेश्वर मन्दिर दर्शन गरेर काम्दै–काम्दै श्री त्रिपुरासुन्दरी (देवीकोट) जान्छन् । श्री त्रिपुरासुन्दरी मन्दिर भित्र हिफाथामीलाई तेलले घसेर सिङ्गार पटार गरिसकेपछि बाहिर आउने बेलामा देवीकोटको पुजारीले ताला, साँचो, पाथी, फूल–लावाले पूजा गरेर, टाउको मा पाथीले फूल–लावाले ओइ¥याउँछ । पुजारीबाट देवीकोट स्थित अगाडीको गणेशमा पूजा विधि सिध्यायपछि चौखुर बाँधरे लडाएको राँगोलाई पर्साउने गर्दछ ।
यसरी राँगो पर्सीसकेपछि गर्दनको छाला तारेर दुई वटा रगतको नशा निकाली हिपाथामी तिर रगतको धारा छोड्छन । त्यसपछि हिफाथामीहरुले रगत मुखमा हालेर तीन फन्का घुमेर हातमा रहेको करुवाको पानीले मुख धुन्छन । त्यसपछि काम्दै–काम्दै दुई जना हिफाथामी अगाडी अगाडी हिँडेका हुन्छन् ।
अरु हीफाथामीहरु कसैले चिराग बालेर हिड्छ भने कोही हिफाथामीको पछि–पछि काम्दै हिडीरहेको हुन्छ । देवीकोटको सिँढीबाट सहनाई फुकिरहेको हुन्छ, हिफाथामीहरु काम्दै–काम्दै राकुलेश्वर पुगेपछि राजुकलेश्वरमा महानेले हिफाथामीलाई पूजा गरी तेल, सिन्दुर लगाइ फेटावाधी दिएर हातमा मुठाबत्ती बलेर दिन्छन् । मुठाबत्ती आफ्नो अगाडी, पछाडी, दायाँबायाँ, एउटा एउटा गरी फ्याँकेर, बाँकी रहेको बत्ती मुखमा हालीसकेपछि बहिर टोलतिर लाग्छन् । बहिर टोलको डवलीमा कुसुले समुदायहरुले चक्रको स्थापना गरी सहनाइ फुकीरहेको हुन्छ ।
काम्दै–काम्दै हिफाथामी आएर डवली मुनी बाँधी राखेको राँगोलाई तीन–तीन पल्ट घुमेर हातमा रहेको लठ्ठीले तीन–तीन पल्ट कुट्छन् । त्यसपछि हिफाथामी पश्चिमतिर रहेको खिङलचा भन्ने धारामा गएर नुहाइ धुवाइ गरी आफ्नो बासस्थानमा फर्कन्छन् । हिफाथामीलाई देवीले देवगणलाई राक्षसहरु खोज्न गुप्तचरको रुपमा पठाएको हो । त्यसैैले हिफाथामीलाई भगवतीको बाहानको रुपमा दोलखामा पुुजीन्छ । तर केहि वर्ष यता देखि दोलखामा हिफाथामी जात्रा बन्द भएको छ ।
यता चक्रमा कुसुलेहरुले डवली मुनी हिफाथामीहरुले कुटेको राँगोलाई डवली माथी लगेर चौखुर बाँधैर छाला तारेर चक्र तथा दुईवटा घैटोमा रगत पर्ने गरी राँगो काटछन् । यसै समयमा कसाहीहरुले बाजागाजा सहित गणेश टोलमा आफ्नो चालम पूजा गर्दछन् । चालम पूजाको निम्ती गुठीबाट एउटा बोका दिएको हुन्छ ।
त्यही दिन देवीकोट (त्रिपुरासुन्दरी) बाट बालकुमारीमा विशेष पूजा गर्न जानु पर्दछ । उक्त पूजामा तान्त्रिक विद्या भएको ३ जनाले कुमारी पाठी, पुजा सामग्री बोकेर विशेषबाटो (अधिपछि त्यो बाटो हिडीदैन) बाट बालकुमारी मन्दिरतिर लाग्दछ । उनिहरु बालकुमारी मन्दिर पुगेर पूजाआजा गरी धुवाँ उड्ने गरी आगो बाल्छन् त्यतिबेलासम्म त्रिपुरासुन्दारीबाट बालकुमारी तिर हेरेर डमरु बजाउनेले डमरु बजाइ रहनु पर्दछ । बालकुमारीबाट धुवाँ आएपछि मात्र देवीकोट (त्रिपुरासुन्दरी) मा डमरु बजाउन बन्द हुन्छ ।
गुठीका चक्र पूजा, चालम पूजा सबै सके पछि सरकार प्रमुख (अहिले नगर वा वडाका प्रमुख), भीमेश्वरको पालो गुठीयार, पालो थरी गुठीयार, ब्रम्हण राजकुलेश्वरबाट बाजागाजा सहित टीकाको सामग्री बोकेर सर्वसाधारण जनतालाई सरकारी टीका लगाउँदै शहर परिक्रमा गर्दछ । यसैलाई सरकारी टीका भन्ने गरिन्छ । पहिला दोलखामा सरकारी टीका लगाई सकेपछि मात्रै आ–आफ्नो कुल्याणबाट टीका थापी आफन्त कहाँ टीका लाउन जाने चलन थियो ।