Search

नेवारी वस्ती तौथलीमा महानवमी

नेवारी वस्ती तौथलीमा महानवमी

बाँपीझ्याला, दोलखा । आज नवरात्रीको अन्तिम दिन दुर्गा भवानीको नवौ रुप त्रिपूरासुन्दरीको पुजाआजा आराधना गरि मनाइदै छ । देशभरीका त्रिपूरासुन्दरी मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । आज देश भरिका विभिन्न शक्तिपिठहरुमा बलिपुजा गर्ने गरिन्छ । यसै गरी नेवारी वस्ती रहेको प्राचिन बस्ती तौथलीमा ललित त्रिपूरा सुन्दरीमाइ तौथलीमा पूजा छुटै विशेष तरिकाले आज नवमी पुजा हुने गरेको छ भनी युवा समाजसेवी भेषबहादुर श्रेष्ठले हामीलाई बताउनु भयो ।

तौथली त्रिपुरा सुन्दरीमा बलीपूजा :
बलि भाकल गर्नेहरु आफ्नो घरबाट पुजारी, थाकती, धामी र बाजा टोलिले आबश्यक पुजा सामग्री, बोका, भाले र ध्वजापत का साथ भाकल लाई घरपरिवार र आफन्तको साथमा मन्दिर पुर्याउने गरिन्छ । हातमा धुप बालेर, अबिर जात्रा गरि टाउकोमा सेतो बेटारीको पगरी बाधेर, ठाउँमा ठाउँमा आफन्त बाट सगुन ग्रहण गर्दै मन्दिर पुगे पछि पुजा सामग्री पुजारी लाई जिम्मा लगाइन्छ ।

यसरी सम्पूर्ण भाकल भक्तजनहरुको पूजा सकिए पछि गणेशथान, भिमेश्वर र नातेश्वरमा मन्दिरमा बलि पुजा शुरु हुन्छ । गणेशथानमा बोका, भाले, हाँस, भेडाको बलि पुजा नातेश्वरमा कुखुराको पुजा गरिन्छ भने भिमेश्वरमा सरकारी राँगो बलि दिने चलन रहेको छ ।

भिमसेनमा राँगा पुजा सकिए पछि त्रिपूरासुन्दरी मन्दिरमा बलि पुजाको तयारी गरिन्छ । त्रिपूरा सुन्दरीमा मन्दिरमा सबभन्दा पहिले सरकारी पूजा अन्तर्गत राँगो बलि दिने गरिन्छ । सरकारी राँगो बलि दिदा टेकान्पुर गुल्धुमी गुठियारहरु उपवास (व्रत) बसि अर्धनग्न शरीरमा रगत थापेर मन्दिर पछाडिको बाटो हुँदै पुकुलोखु (कालोपानी) धारामा नुहाउन जाने गर्छन । यसरी जाँदा बाटोमा कसैलाई बोल्नु र छुनु हुदैन भन्ने मान्यता रहेको छ ।

हाल गुल्धुमिहरुले आफ्नो कर्तब्य बिर्सिनाले यो कार्य दात्छेमि परिवाहरुले गर्दै आइरहेको छन् । सरकारले नवमिको लागि सरकारी राँगो र एकादशिको लागी महिषासुरको फोटो प्रत्येक बर्ष काठमाडौ हनुमानढोका दशै घरबाट पठाइने चलन छ । सरकारी बलिपुजा हर्ष बढाइका साथ सम्पन्न भएपछी क्रमशः पंचबली, मन्दिरमा कारिन्दार्को भुमिका अनुसार गुठियार जेष्ठ सदस्य हुदै अन्य ब्यक्तिहरुको भाकल राँगो बलि दिइने चलन रहेको छ जुन अहिलेसम्म यथावत नै रहको छ ।

सयौंको संख्यामा रहेको राँगो बलि सम्पन्न भएपछी, बोका र कुखुराको बलि दिइन्छ । सबै बलिपुजा सम्पन्न भएपछी पुजारीहरु प्रशादको निम्ति बलि चढाएको राँगो, बोका र कुखुराको मासु पोलेर छुसुला बनाएर मुख जुठो पार्ने चलन रहको छ । पुजा नसकेसम्म गुठियार, भक्तजन भाकलकर्ता र पुजारीले मुख जुठो गर्नुहुदैन भन्ने मान्यता रहेको छ । तौथलीमा नवमीको बलिपुजा भोलिपल्ट (टिका दशमी) बिहान करिब ५÷६ बजे मात्रै सम्पन्न हुन्छ ।

संयोजन :भेषबहादुर श्रेष्ठ, तौथली हाल सुकेधार निलोपुल

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!