Search

दोलखा भीमेश्वरमा महानवमी पूजा

दोलखा भीमेश्वरमा महानवमी पूजा

बाँपीझ्याला, दोलखा । वडा दशैको नवैँ दिन महानवमीलाई दोलखाका स्थानीयहरु महानवमीलाई पूजाको रुपमा मान्ने गर्दछन् । आज दोलखा भीमेश्वरमा विहान ९ बजे देखि हुने नियमित रुद्री पूजा महाअष्टमी र महानवमीमा अध्याधिक दर्शनार्थीहरुका बली पूजाका कारण विहान ४ बजे नै रुद्री पूजा सम्पन्न गरि दर्शनार्थीहरुको बली पूजा र अन्य पूजा सम्पन्न गरिएको छ ।

आज नवमीकै दिन दोलखाका स्थानिय नेवार समुदायहरुले आ–आफ्नो दाजुभाई जम्मा भएर पूजा सामान तयार गरी आ–आफ्नो कुल्याणमा बोका पर्साइ सकेपछि पालै पालो भीमेश्वर मनिदरमा पूजा गर्ने चलन रहेको छ ।

पहिला पहिला दोलखा सम्पदा वस्ति भन्दा बाहिरका दर्शनाथीहरुले फूलपाती र महाअष्टमीमा नै बली पूजा सम्पन्न गर्ने गरिन्थ्यो र महानवमीका दिन दोलखा सम्पदा वस्ति भित्रका नेवार समुदायहरुको मात्र कुल्यान पूजा हुने गरेकोले सहज हुन्थ्यो । तर केहि वर्ष यता यातायात साधनको सुविधाका कारण अध्याधिक रुपमा दोलखा नेवार समुदाय भन्दा बाहिर टाढा टाढाबाट समेत महानवमीकै दिन बली पूजा र अन्य पूजा हुने गरेकोले परम्परागत रुपमा दोलखा नेवार समुदायहरुबाट हुने कुल्यान पूजालाई व्यवस्थित गर्न अलि असहज भएको व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठ बताउनु हुन्छ ।

मन्दिर व्यवस्थापन समितिबाट पूजालाई व्यवस्थित गर्न स्थानीय कुल्यान समुह पूजा र एकल व्यक्तिगत पूजालाई दुइ थरिको कुपनको व्यवस्थापन गरे पनि समितिको व्यवस्थापन अनुसार नवसेका कारण व्यवस्थापनमा केहि असहज भएको श्रेष्ठ बताउनु हुन्छ ।

यसलाई व्यवस्थापन गर्न हामी सबैले सहयोग गरेमा पूजा सहज हुने वहाँको भनाई रहेको छ । भीमेश्वर मन्दिरमा पहिलाको जस्तो खासै दर्शनार्थीहरु नभए पनि एकै छिन पालो कुर्न नसकेका कारण मात्र व्यवस्थापन फितलो भएको महशुस भएको छ । भरखरैको भीमेश्वर मन्दिरको आवस्था हेर्दा करिव विहान ११ बजे नै सम्पूर्ण पूजा समापन हुने अवस्था छ ।

पहिला पहिला दोलखा नेवार समुदायको मात्र पूजा हुँदा पनि वेलुका ४ बजेसम्म पूजा गरी समापन गर्ने गरिन्थ्यौ । तर अहिले ११–१२ बजे नै समापन गर्नु पर्ने अवस्था छ । बर्षको एकचोटीको पूजामा भक्तजनहरुले हतार नगरी पालै पालो गरेको खण्डमा अझ व्यवस्थीत रुपमा पूजा सम्पन्न गर्न सजिलो हुने थियो भनी व्यवस्थापन समिति सचिव राजेन्द्र नारायण श्रेष्ठको भनाइ रहेको छ ।

फोटो : भरत श्रेष्ठ

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!