Search

दोलखा भीमेश्वरमा महाअष्टमीको दिन राजकुलबाट निमन्त्रणा पूजा

दोलखा भीमेश्वरमा महाअष्टमीको दिन राजकुलबाट निमन्त्रणा पूजा

बाँपीझ्याला, दोलखा । प्राचिन काल र मध्यकालमा दोलखा राज्यको राजधानी दोलखा शहरमा भीमेश्वरको महागुठी सञ्चालन हुन्छ । त्यस गुठीको लागि तत्कालीन शासकहरुले भेड्पुका जग्गालाई गुठीमा राखि भीमेश्वरको नित्य पूजा पर्व अनुसारको गुठी पूजा, दोलखाको सम्पूर्ण शक्तिपीठ मठ मन्दिरहरुमा बाली पूजा सहितको पूजा सामाग्रीको लागि भेड्पु गुठी जग्गाबाट व्यवस्थापन हुने गरेकोमा देशमा बहुदलको आगमन पश्चात बन्द भएको छ ।

हाल त्यस गुठी जग्गाबाट व्यवस्थापन नभएकोले भीमेश्वर मन्दिरमा भक्तजनहरुबाट प्राप्त दक्षिणा, भेटी संकलनबाट र अन्य सहयोगबाट जम्मा भएको सहयोग रासीबाट गुठी सञ्चानन हुँदै आइरहेको छ ।

त्यसै स्रोतबाट व्यवस्थापन भएका राँगोहरुलाई टसिचा टोलको डवलीमा राखेर जतातिर हिँडछ राँगोलाई चिन्ह लगाएर त्यतैको देवतालाई छुट्याई लाने चलन छ ।

बेलुकी बाजागाजा सहित पु्जा सामान बोकेर राजकुलबाट भीमेश्वरमा निमन्त्रणा जाने गर्दछन् । यसरी दोलखा भीमेश्वरमा यस बर्षको महाअष्टमीमा राजकुलबाट निमन्त्रणा पूजा सम्पन्न भएको छ ।

निमन्त्रणाबाट फर्केर पुन राजकुलेश्वर फर्केर विधि विधान पूर्वक पूजाआजा गरिन्छ । यसै दिन दोलखाको सम्पूर्ण देवीदेवतालाई पूजा सामान बलि चढाउन बोका, नैवेद्य चिउरा, चामल, तेल, कपडा, आवश्यक सामाग्री सम्बन्धित पुजारीहरुलाई भीमेश्वरका गुठीयारले दिने गरेको व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो .।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!