Search

सांगीतिक विधामा अग्रसर गंगादेवी महर्जन

सांगीतिक विधामा अग्रसर गंगादेवी महर्जन

मानिसको इच्छा हरेक क्रियाकलापमा हुन्छ । हरेक इच्छालाई सर्वोपरि ढाक्न अलिक असहज पनि हुन्छ । एउटा निर्दिष्ट लक्षमा पुग्न सबैको मनमा हुन्छ । त्यसका लागि लगनशीलता चाहिन्छ र मेहनत पनि । मनमा परिकल्पना मात्र गरेर लक्षमा पुग्न सकिन्न । यसका लागि परिश्रम पनि कडा रूपमा गर्न सक्नुपर्छ । यसका साथै पारिवारिक प्रोत्साहनको पनि जरूरी छ ।

पाँच ज्ञानेन्द्रीयले भरिएको मानव शरीरले अनेकौं कार्य गर्न त सक्छ नै तर सबै कार्यलाई समेट्न सक्छु भन्ने साहस बटुलेर हिँडे पनि नतिजा उचित ननिस्कन सक्छ । हरेक इन्द्रियको आ–आफ्नै भूमिका हुन्छ । त्यो भूमिकालाई सदुपयोग कसरी गर्ने भन्ने आधार मानिस स्वयंले जान्न जरुरी छ ।

सबैभन्दा पहिले आपूmले कुन बाटो रोज्दा मनको इच्छा पूर्ण हुन्छ भन्ने कुरा आपैंmले निर्णय गरेर अगाडि बढे त्यो लक्ष सहजतापूर्वक हासिल गर्न सकिन्छ भन्ने धारणा लिएर बढेकी एक सक्षम नारीको चित्रण यहाँ व्यक्त गर्दैछु । यिनी हुन् नेवारी गीत गायिका गंगादेवी महर्जन ।

बागमती प्रदेशको ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको मिखा बहालका पिता शिवराम महर्जन र माता राममया महर्जनको कोखबाट जन्मकी छोरी हुन् गंगादेवी महर्जन । यिनको वैवाहिक सम्बन्ध काठमाडौं महानगरपालिका वडा नं. १२ टेकुका महेश महर्जनसँग भएको हो ।

फरासिला विचारकी धनी गंगा महर्जनको बोलीचालीमा अवस्था अनुसारको आवाज निकाल्न निकै सिपालु देखिन्छन् । निडर स्वभाव, तार्किक भाव व्यक्त गरेर समाजमा घुलमिल गर्न सक्षम छिन् यिनी । यिनी संकटा माताकी असल भक्तिनी हुन् भन्ने कुरा उनी आपैmले भक्ति रचना गरेर स्वयंले स्वर दिएको संकटा भजन यिनको पहिलो गायन प्रस्तुति हो । ‘जय जय जय श्रीसंकटा भगवान’ बोलको भजन निकै नै सुन्दर र कर्णप्रिय रहेको छ ।

नेपालको नेवारहरूका एकमात्रै राष्ट्रिय संगठन नेवाः देय् दबू अन्तर्गतको बागमती प्रदेश समितिकी महिला सचिव रहेकी गंगा नेवारहरूको अन्य संगठनसंग पनि आवद्ध रहेकी छन् । गंगालाई अपाच्य कुरा मन पर्दैन । नेवारहरू बीचमा भएको अन्तद्र्वन्द्वलार्ई हटाएर एकै ढिका हुँदै पदीय लोभ लालच नगरीकन ‘हामी नेवार हौँ, नेवारकै पहिचान जताऔँ’ भन्ने मूल नारा दशार्उन चाहन्छिन् ।

गंगालाई गीत गायन र भजनप्रति कसरी लगाव बढ्यो अनि के र कसको प्रेरणाबाट यो क्षेत्रमा लागेको त भन्ने उत्सुकता लागेर बुझ्न खोज्दा तिनले आपूm सानैदेखि भजनप्रति अभिरुचि भएकोले नेवारहरूको भजन मण्डलमा जाँदै गर्दा अग्रज व्यक्तिहरूले भजन गाउनका लागि यति सानै उमेरमा त्यति हतार नभएको बरु गीत गाउने तिर लाग्दा वेश होला भन्ने सुझाव पाएकोले गायन क्षेत्रमा लागेको बताउँछिन् । साथै तिनले पद्मकन्या कलेजमा गीत र नृत्य विषयमा ब्याचलर उत्तीर्ण गरेको तर मास्टर्स गर्न बाँकी रहेको बताईन् ।

त्यसै गरी सञ्चार जगतमा भने नेवारी पत्रकार विज्ञन तुलाधरहरूको समूहले रेडियो प्रस्तुतिबारे तालिम गरेको थाहा पाएर आपूmलाई पनि रेडियो एफ.एममा बोलेर कार्यक्रम सञ्चालन गर्ने सानैदेखिको चाहना भएकोले सो मौकाको सदुपयोग गरेर एक हजार रूपैयाँ शुल्क तिरेर प्रशिक्षण लिएको कुरा बताइन् ।

प्रशिक्षण पश्चात् परीक्षामा तीनजनाको छनोटमा आपूm परिए पनि त्यतिबेला सहकारीको जिम्मेवारी बहन गर्ने सिलसिलामा समय नपुगेकोले कार्यक्रम सञ्चालनमा सहभागी नभएको बताउँदै पछि अलिक समय मिलेपछि उपत्यका एफ.एम. सञ्चालन गरिरहेका साथीहरूले प्रस्ताव ल्याएकोले कार्यक्रम प्रस्तोताको रूपमा अनुबन्ध भएर नेवाः एफ.एम. १०६.६ मा नेवाः संगीत कार्यक्रम (जि नं म्ये हाले सः) सञ्चालन गरेको बताइन् ।

गंगाको आन्तरिक विचारमा विभिन्न गुठी, खलः, पुचः, समाज जस्ता इकाइ समितिहरू मात्र स्थापना गरेर नेवारको पहिचानमा तीव्रता आउनेछ भन्नु उपयुक्त नहोला भन्ने तिनको सोच रहेको बुझिन्छ । गंगा सामाजिक संस्थामा आवद्ध भएर र गायन क्षेत्रमा लागेर मात्र आफ्नो पहिचान छरेकी छैनन्, उनी सञ्चार जगतमा पनि आफ्नो छवि छोड्न सक्षम छिन् ।

हाल कीर्तिपुरबाट सञ्चालित नेवाः एफ.एम.१०६.६ मा ‘जि नं म्ये हाले सः (म पनि गीत गाउन जानेको छु) शीर्षकमा नेवार संगीत कार्यक्रम सञ्चालन गरिरहेकी छन् । विगतमा नेवाः एच.डी. टि.भी.मा नेवाः संगीत दबूकी प्रस्तोता रहेकी थिइन् तर हिजोआज त्यसमा संलग्न छैनन् । नेवार समुदायमा जन्मेर हुर्के बढेकी यिनले अधिकांश गीत भजन नेवारी भाषामै गाएकी छन् भने केही नेपाली भाषामा पनि गाएकी छन् । जस्तो कि :

नेपालभाषामा गाइएका गीतहरुः
जय जय जय श्री संकटा भगवान
सिल झिसं (भजन)
वैंश बेइमानी
स्वां धाइगु थ्वयेत मखुन्हा
मक जन्म काइ धका
खुया खुया व मिखा
राजमति पानवति तुयुमति हिसिमति रे
विन्ती इ जिगु देश ल्यंका बिउ
म्हिग भ्वज्ये अयला लुना
भिन्तुना (समूह गीत)
गय्जक ख्या यायेमाःम्ह दाइचा न्ह्याकं छक स्व
द भूतुभातु धायेमत्य बिन्ति (रिकर्डिङ्)
मखु थ्व देशय् प्रजातन्त्रया (समूह))
छ स्वयेवं मुखु ब्यना जोबन स्वा हुलु (युगल गीत)
त्य सि त्यं बक सिं त्यो

नेपाली भाषामा गाइएका गीतहरूः
बुद्धको दर्शन (समूह) रिकर्डिङ् हुने तरखर्मा
न आशा भो,
पूmलसँग छ काँडा आदि गीत गाएकी छन् । यिनै सुन्दर विधाहरूमा चर्चित गंगाले विभिन्न एवार्ड प्राप्त गर्न सफल भएकी छन् । यिनले सन् २०१९ (२०७६) नेपाल भाषा स्टार म्यूजिक एवार्ड पाएकी थिइन् । त्यसैगरी ‘वेस्ट सिङ्गर पब्लिक च्वाइस्’, ‘वेस्ट सिङ्गर रेलिजयिस् २०२२ (२०७९)’, पि.एम. पावर म्युजिक एवार्ड २०२० (२०७७), जुरी एवार्ड ‘वेस्ट नेपाल भाषा’ प्राप्त गरेकी छन् । विविध प्रतिभाकी धनी गंगादेवी महर्जनको आगामी कदमहरू निरन्तर चलिरहुन् । नेवार समुदायकी छोरी गंगाको गायन यात्राले शिखर चुम्न सकोस् हाम्रो तर्पmबाट हार्दिक शुभकामना !

संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment