बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्र काठमाण्डौं जिल्ला १६ वडा कमिटीको आयोजनामा नयाँबजार स्थित सम्राट पार्टी प्यालेसमा आज एक कार्यक्रमको आयोजना गरी वडा दशै, शुभ दीपावली छठपर्व २०८० तथा नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
माओवादी केन्द्रका उप–महासचिव एवं बागमती प्रदेश ईञ्चार्ज पूर्व अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा माओवादी केन्द्र केन्द्रिय सदस्यहरु झक्कु प्रसाद सुवेदी, मुक्तीनारायण प्रधान, कुमार पौडेल, जन्मदेव जैसी, शिव कोईराला, उमेश स्थापित, रविन्द्र श्रेष्ठ लगायत काठमाण्डौ जिल्ला अध्यक्ष, काठमाण्डौं महानगर अध्यक्ष लगायत पार्टीका बिभिन्न क्षेत्रमा रही कार्यक्षेत्रमा सक्रिय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
काठमाण्डौं क्षेत्र नं. ७ का ईञ्चार्ज दिपक सिलवालले कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्न १६ वडा कमिटी इन्चार्ज उपेन्द्र श्रेष्ठ, वडा कमिटी सचिब सुजाता थापा मगर, क्षेत्र सात सचिब दिलिप राज वन्त र महानगर सदस्य कविता श्रेष्ठ लगायत अन्य नेता कार्यकर्ताहरुको विशेष सक्रियताका उक्त कार्यक्रम सम्पन्न गर्न सहयोग पुगेको हो भनी बागमती प्रदेश काठमाण्डौं निर्वाचन क्षेत्र नं.७ (क) का ईञ्चार्ज सुजन गोलेले बताउनु भयो ।