Search

बेलाको बोली: जुत्ता हराउने परिवेश पशुपति आर्यघाट …..

बेलाको बोली: जुत्ता हराउने परिवेश पशुपति आर्यघाट …..


पशुपति क्षेत्रभित्र पर्ने स्थानहरू देवपत्तन प्राङ्गण, आर्यघाट बागमती नदि किनार, नवदुर्गा मन्दिर परिसर, वछलेश्वरी मन्दिर, मृगस्थलि चरण, वनकाली, किरियापुत्री कम्पाउण्ड, भष्मेश्वर मन्दिर यी आदि स्थलहरूलाई पवित्र धार्मिक भूमिको रूपमा मानिन्छ । यहाँ दयावान, करुणादायी मन भएका लाखौं मान्छेहरूको दैनिकी चलिरहेको छ । जहाँ ऋषि, ज्योतिषी, महर्षि, विदुषी, कृषक, शिक्षक, विद्वान, चिकित्सक, दिग्दशर्क, निर्देशक, परीवेक्षक, निरीक्षक आदि प्रतिष्ठित व्यक्तिहरूको निरन्तर जम्काभेट हुन्छ ।

धार्मिक अनुयायीहरू, मितव्ययीहरू, शिक्षाार्थी देखि विद्याार्थीसम्म, डाक्टर, इन्स्पेक्टर, कलेक्टर, प्रोडक्टरदेखि कन्डक्टरसम्म भेला हुन्छ । यतिमात्र कहाँ हो र ? यहाँ गँजेडी, भँगेरी, अँधेरी, किन्नरी, किशोरीदेखि सुन्दरीसम्मको मेला लाग्छ । यहाँ अरबौं लेखाजोखा हुने जलहरीदेखि सामान्य पूजापाठ गर्ने नरहरीसम्मको चर्चा हुन्छ । कहिलेकाहीँ दिउँसै डाँका लाग्छ यहाँ केरा देख्नै हुँदैन, लुट्ने देखि थुत्नेसम्मको भीड लाग्छ । न त सानातिना पोका पन्तुरा नै बोकेर लखर लखर हिँड्ने त कुरै छाडौँ, २ र ४ खुट्टे प्राणीले झ्पाप्पै आक्रमण गरिहाल्छ त्यो पनि बिना हतियार, बिना सूचना, बिना धम्की नै । त्यतिबेला,– “ला… लौ… मेरो केरा (अन्य अर्थ नलनगोस्) खोसेर लग्यो, अब के गर्ने ? भन्नु सिवायको विकल्प छैन । फेरि आफ्नो सामान पाइएला कि भनेर पछि लागे ङिच्च दाँत देखाएर उल्टै थर्काउँछ । ती त हुन् कथनमा बताइएका हाम्रा पूर्खा भनाउदाका कुरा ।

अर्का थरि प्राणी छ २ खुट्टे । जसले बुद्धिजीवी प्राणीको मान्यता पाएका छन् । जो त्यही छत्रछायामा अवस्था अनुसार फालिएका हुन्छन्, पालिएका हुन्छन्, ढलिएका हुन्छन्, गलिएका हुन्छन् र कतै कतै सडिएका पनि हुन्छन् । ती प्राणीबाट बच्न झनै खतरा हुन्छ । माग्न आउँछन् “छैन, जा उता…” भन्यो भने उल्टै – “के रे, खुुरुक्क दिनु ल ? नत्र..!! भन्दै कुममा कुम जोडाउन पुग्छन् । अनि के कराउनु भनेर ५ र १० रूपैयाँ दिए पनि… “यल्ले टिका लाउने हो ? एक छाक भातको कति पर्छ था छ रु २४० लिन्छ । के हामीलाई भिखारी सम्झेको ?.. अब हेर्नु त, मूल्यांकन कहाँबाट कहाँ पुगेछ ? जसको खुट्टाले मृदंग नृत्य गरेको हुन्छ ।

शरीरबाट आन्द्रा बटारिने बास्ना (?) आइरहेको हुन्छ । जसलाई हरेक पटक विभिन्न संघसंस्थाको प्रायोजनमा निःशुल्क भोजन प्राप्त भएको हुन्छ । त्यही समूह अपरान्ह पश्चात् महा बलवान भएर निस्केका हुन्छन् । यसका लागि रेखदेख कसले गर्ने त ?
पशुपति क्षेत्रमा हिजोआज जहाँ पायो त्यहीं जुत्ता चप्पल समेत खोलेर जान असहज भएको छ । बिहान त ल सुरक्षा दिने, जुत्ता चप्पल र पेटी राख्न ठाउँकोे व्यवस्था गरेकोले केही हदसम्म राम्रै लाग्छ । मलामी गएको अवस्थामा मृतकलाई जल चढाउन जुत्ता मोजा खोलेर विश्राम घरको थाममा टाँसेर राखेको जुत्ता ३ मिनेटमा गायब, हेर्नु त आपद ! जुत्ता खोल्ने बेलामा अलिपरबाट एक केटोले छड्के आँखाले हेरिरहेको त थियो, आफु जस्तै मलामी होला भनेको त आउँदा न त्यो केटो छ न आफ्नो जुत्ता..!

हरे शिव ! मृतक आफन्तलाई जल अर्पण गर्न जानु पनि अपराध हो र ? खासमा अद्र्धचेतन मानसिकताले जकडिएका समूहलाई त्यो पवित्र स्थलमा प्रवेश नै गर्न नदिनुपर्ने हो पशुपति क्षेत्रमा । बरु त्यहाँ वरिपरि रहेका बाँदरहरूले पनि अनुशासन के हो भन्ने बुझिसकेका छन् । कमसेकम ‘मसँग केही छैन, यी हेर त,..’ भनेर झोला देखाएपछि बाँदर थपक्क फर्केर जान्छन् । तर त्यहाँ अहोरात्र झुम्मिएका मगन्ते थरिका मान्छेहरू भने पछिपछि लागेर पैसा नदिएसम्म छोड्दै छोड्दैनन् । छैन भन्न समेत नमिल्ने उल्टै अनेकन् भाषाले लाजमार्दो पारिदिने गर्छन् ।

यी त सामान्य घटना भए । त्यो ठाउँमा पेटीमा झोला राखेर बागमतीमा पानी चढाउन जाँदा छिनको छिनमै झोला गायब हुन्छ त्यो पनि बिहानको उज्यालोमा । अब कसैले भन्लान् ‘आफ्नो सामानको सुरक्षा आपैंmले गर्नुपर्छ नि..’ भनेर । अब हातमै बोकिरहेको मोबाइल छाता नै टपक्क टिपेर सुइँकुच्चा ठोक्छन् त कसरी सुरक्षा गर्ने त ? यस्तो खालको क्रियाकलाप गर्ने समुहलाई प्रवेश नै निषेध गर्न सक्दैनन् र त्यहाँको व्यवस्थापनले । के त्यहाँ खटाइएका पहरेदार सुरक्षाकर्मीहरूको काम बिहानको दर्शनार्थीहरूलाई जुत्ता राख्ने ठाउँ र मन्दिरको ढोका देखाउने मात्र हो र ? रात्रीकालीन पहरा दिन जरुरी छैन र ?

कर्म गरेर पेट पाल्नु सबैको आ–आफ्नो दैनिकी हो । तर दैनिकी चलाउनु छ भन्दैमा अवस्थालाई ध्यान नदिईकन जबर्जस्ती व्यापार गर्न र गराउन पनि त दिनु भएन नि, प्रसङ्ग आर्यघाट ब्रम्हनाल परिसरको हो । त्यहाँ एकातिर आफन्तको निधनमा विलौना गर्ने, चिताको व्यवस्था गर्ने आदि अवस्थामा ‘माला चाहिन्छ माला..?’, पानी चाहिन्छ पानी..??’ भन्दै बाटै छेकेर आउने रात्री व्यापारी महिलाहरू ओहोरदोहर गरी दिक्क बनाउँछन् । यिनीहरुलाई निश्चित स्थान तोकेर संवेदनशील क्षेत्रमा राख्ने व्यवस्था मिलाउन सक्दैनन् र पशुपति विकास क्षेत्र व्यवस्थापन समितिले ?

पशुपति क्षेत्र विकास कोष व्यवस्थापन समितिले आर्यघाटमा तत्कालै लाश जलाउनका लागि चाहिने सामानहरू विक्री वितरणका लागि व्यवस्था मिलाएको छ, त्यो भयो आम्दानी मार्ग । तर फाल्टो सामानको लागि पनि त त्यस्तै व्यवस्था गरिदिए शान्ति सुरक्षा सुदृढ हुने थियो कि ? आपूmलाई चाहिने पूmलामाला र पानी पनि त तोकेकै ठाउँमा पुगेर किन्न सक्लान् नि होइन र ? पशुपति विकास कोष भनेर आर्थिक कोषका लागि मात्र केन्द्रित नहोस् । यो धार्मिक क्षेत्रको रूपमा मात्र होइन कि हरेक हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र पनि हो । यहाँ दर्शन गर्न आउने वाह्य पर्यटकहरूले आवश्यक भन्दा बढी नै मूल्य भार खपिरहेका कुरा चचौको विषय बनेको छ ।

१ शय ५० रूपैयाँमा पाइने पूजाको सामानलाई ५ शय रूपैयाँसम्म तिर्न बाध्य भएको तीतो यथार्थ छ । धर्मको नाममा ब्रम्हलुट गर्नेहरूमा विकास कोषले बिचार पुर्याउनै पर्छ । अस्तु ।

बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!