बाँपीझ्याला, काठमाण्डौं । ढुंगेधारा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नागार्जुन नगरपालीका वडा नं. १ राधाकृष्ण मन्दिर स्थित नवबुद्ध पार्टी प्यालेसमा सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथीमा नागार्जुन नगरपालीका वडा नं. १ का वडाध्यक्ष रामेश्वर लामा, अतिथीमा राष्ट्रिय सहकारी बैंक नयाँ बजार खुसीवु शाखाका शाखा प्रमुख लोकेन्द्र के.सी.ज्युको उपस्थित रहेको थियो ।
राष्ट्रिय गानका साथ प्रमुख अतिथी एवं नागार्जुन नगरपालीका वडा नं. १ का वडाध्यक्ष रामेश्वर लामाज्यूले पानसमा बत्ति बालेर कार्यक्रमलाई उद्घाटन गरी अघि बढाउनु भएको थियो । यसै गरी उपस्थित प्रमुख अतिथी, अतिथी, शेयर सदस्य तथा शुभचिन्तकहरुलाई संस्थाका कार्यसमिती सदस्य सुरज थापा मगरले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा आमन्त्रीत प्रमुख अतिथी, अतिथीज्यूहरुलाई संस्थाका कर्मचारी बन्दना सुवेदी र रचना देवकोटाले खादा लगाएर सम्मान गरिएको थियो ।
पहिलो उद्घाटन सत्र र दोश्रो बन्द सत्र गरी दुई सत्रमा संचालन गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष एवं आजका कार्यक्रममा सभापती चेतनाथ न्यौपानेले संस्थाको संचालक समितीको तर्फबाट बार्षिक गतिविधी बारेमा प्रकाश पार्नु भएको थियो ।
यसै गरी संस्थाका सचिव शहदेव बस्नेतले संस्थाको बार्षिक गतिविधी र कोषाध्यक्ष कपिल अंगाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
लेखा समितीको तर्फबाट लेखा सदस्य दोर्ण प्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यसै गरी शुभकामना मन्तव्य दिनेहरुमा प्रमुख अतिथी एवं नागार्जुन नगरपालीका वडा नं. १ का वडाध्यक्ष रामेश्वर लामा र अतिथी राष्ट्रिय सहकारी बैंक नयाँ बजार खुसीवु शाखाका शाखा प्रमुख लोकेन्द्र के.सी.ज्यूले संस्थाको उत्तरोतर प्रगतीको कामना गर्दै सहकारी र बचतकर्ताहरु बिच रहेको बर्तमान चुनौतीलाई सामाना गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो ।
संस्थामा स्थापनाकालदेखि कार्यरत कर्मचारी बन्दना सुवेदी र सावित्री मल्ल श्रेष्ठलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो । साथै उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणीलाई सम्मान गरिएको थियो ।
संस्थाको पहिलो सत्रमा प्रस्तुत गरिएको विभिन्न प्रतिवदेन, लेखा परिक्षक नियुक्ती, संचालक समिती पदपूर्ति र सो सम्वन्धीत प्रस्तावहरुलाई साधारणसभाको बन्द सत्रबाट पास गरिएको थियो भनी अध्यक्ष चेतनाथ न्यौपानेले हामीलाई बताउनु भयो ।
कार्यक्रम संस्थाका सचिव सहदेव बस्नेतले संचालन गरिएको थियो ।
अन्तमा अध्यक्ष एवं कार्यक्रमका सभापती चेतनाथ न्यौपानेले उपस्थित प्रमुख अतिथी, अतिथी, शेयर सदस्य र शुभचिन्तक महानुभावहरुलाई आभार व्यक्त गर्दै साधारण सभा सम्पन्न गर्न शेयर धनी र संस्थाका कर्मचारीहरुले खेलेको भूमीका प्रति आफु खुसी रहेको अभिब्यक्ती दिनु हुर्दै सम्पूर्णमा धन्यवाद दिनु भई कार्यक्रमको समापन गर्नु भएको थियो ।