बाँपीझ्याला, काठमाण्डौं । दोलखाली युवाहरुको सामाजिक संस्थामा मध्ये साथीको लागि साथी एक हो । समकालिन पूर्व स्कूलमा अध्ययरत साथीहरुको नामबाट संचालन गरेको संस्था साथीको लागि साथीको कोषाध्यक्षमा युवा व्यवसायी एवं समाजसेवी बाबाराजा श्रेष्ठ सर्वसम्मती चयन गरिएको छ ।
यसबारेमा संस्थाको अध्यक्ष रविन्द्रनारायण श्रेष्ठसँग सम्पर्क गर्दा दोलखाको सामाजिक क्षेत्रमा केही गरौं भन्ने उद्देश्यले गठित यस संस्थाको कोषाध्यक्षमा सर्वसम्मतीले चयन गरेका छौं ।
यसबाट संस्थालाई अगाडी बढ्न सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताउनु हुन्छ । यसै गरी हिजो शनिवार आपसी रुपमा आउँर्दै गरेको विजया दशमी २०८० को अवसर पारेर माया रेष्टुरेण्ट गौशालामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको बताउनु हुन्छ ।
विजय दशमी, दीपावली, छठपर्व २०८० तथा नेपाल सम्वत् ११४४ को अवसरमा आफ्नो, संस्था र सम्पूर्ण सदस्यहरुको तर्फबाट दोलखा जिल्लावासी लगायत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहीनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको समेत अध्यक्ष रविन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।