Search

चरिकोट मिडिया फाउण्डेशनले आयोजनामा “विकासमा मिडियाको दायित्व” विषयक कार्यशाला गोष्ठि सम्पन्न

चरिकोट मिडिया फाउण्डेशनले आयोजनामा “विकासमा मिडियाको दायित्व” विषयक कार्यशाला गोष्ठि सम्पन्न

बाँपीझ्याला, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको सहयोगमा चरिकोट मिडिया फाउण्डेशनले आयोजना गरेको तीन दिने विकासमा मिडियाको दायित्व विषयक कार्यशाला गोष्ठि शनिवार सम्पन्न भएको छ । गोष्ठिका सहभागिहरुलाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले प्रमाणपत्र वितरण गर्नु भएको छ ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै भीमेश्वर नगरपालिकाका नगरप्रमुख मानन्धरले पत्रकारहरुले मानविय संवेदनाका विषयलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले समाजका महिला, दलित, जनजाति, विपन्न बर्गलाई लक्षित गरेर विकासका प्राथामिकता निर्धारण गर्नुपर्ने बताउनु भयो ।

पत्रकार समाजको अगुवा हुन्, नगरप्रमुख मानन्धरले भन्नु भयो– पत्रकारहरुले मानविय संवेदना जोडिएका विषयलाई प्राथामिकता दिदै विकासका गतिविधिहरुको निगरानी गर्नु पर्छ ।

चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, कालिञ्चोक उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक शम्भु गौतम, तालिमका सहभागि सुधा श्रेष्ठ र नरमाया थामीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यशालामा पत्रकारिताको सिद्धान्त र नीतिगत पक्ष, भीमेश्वर नगरपालिकाको गतिविधि, विकास र पत्रकारिता, आचारसंहिता र कानुनी पक्ष, प्रविधि र फोटोग्राफी, योजना तर्जुमा, योजना अनुगमन लगायतको विषयमा छलफल गरिएको फाउण्डेशनका अध्यक्ष जीवन लामाले बताउनु भयो ।

कार्यशालामा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, नगरपालिकाका ई. सुरेश राउत, अधिवक्ता कृष्ण वस्नेत, नगरपालिकाका अधिकृत नारायण सेढाई, पत्रकारहरु चिरञ्जीवी मास्के, शम्भु गौतम, जीवन लामा, केदार शिवाकोटी लगायतले बिभिन्न विषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यशालामा बिभिन्न मिडियामा कार्यरत पत्रकार, स्थानीय गौरीशङ्कर बहुमुखी क्याम्पस र कालिञ्चोक माविमा पत्रकारिता अध्यन गर्ने विद्यार्थी र बिभिन्न संस्थामा कार्यरत प्रतिनिधि गरी ३५ जनाको सहभागिता रहेको थियो । समाचार सम्प्रेशनको लागि आजको दैनिकीबाट

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!