बाँपीझ्याला, दोलखा । बडा दशै २०८० को पावन अवसरमा प्राचिन शहर दोलखामा मनाईने चाडपर्व अन्तर्गत घटस्थापना देखि चतुर्थिसम्मको तिथी मिथी अनुसारको कार्यक्रम सार्वजनिक गरिएको छ । दोलखा भीमेश्वर मन्दिरको नाममा संचालन भएको सामाजिक सञ्जालमा उक्त व्यहोरा जनाई सुचना सार्वजनिक गरिएको छ ।
यस बारेमा केही सोधपुछ गर्नु पर्ने भएमा गुठीयार प्रभुनारायण श्रेष्ठ, बाह्मण काशिनाथ सापकोटा, स्थानिय बाजाको लागि शान्त शाही, सहनाईको लागि शन्तबहादुर कुसुले, बिरबहादुर कुस्ले र त्रिपुरा सुन्दरी पूजारी मोहनबहादुर श्रेष्ठको नाम उल्लेख गरिएको छ ।