Search

इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गए

इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गए

बाँपीझ्याला, काठमाण्डौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर उनी बिहान तीन बजेपछि मात्रै त्यहाँका लागि उडरेका छन् ।

चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनी जाने टुंगो थिएन । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् ।

तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!