Search

अपर तामाकोशी परियोजना, भविष्यमा यस्को विस्तार तथा योजना

अपर तामाकोशी परियोजना, भविष्यमा यस्को विस्तार तथा योजना

बाँपीझ्याला, दोलखा । अपर तामाकोशी हाईड्रोपाउर परियोजनाको सम्भाव्यता अध्ययनको काम शुरु भएदेखि नै रोल्वालिङको सहायक नदीको सुख्खा मौसमको बहावलाई तामाकोशी नदीको इनटेक पोखरीमा डाइभर्ट गरी माथिल्लो तामाकोशीको बहाव बढाउने प्रस्ताव गरिएको छ ।

रोल्वालिङ खोलाको डाइभर्सनले म्भकप क्तगमथ स्तरमा प्रदर्शन गरेको छ र अघिल्लो अध्ययनबाट अनुमान गरिएको छ कि रोल्वालिङ खोलाले सुख्खा सिजनमा लगभग १५% प्रवाह थप्नेछ । लामाबगरमा इन्टेक पोखरी, रोल्वालिङ खोलाको पानी विद्युत् केन्द्रमा पु¥याउनुअघि तामाकोशीको पानीमा मिसिने र अपर तामाकोशी हाईड्रवारले मनसुन सिजनमा पूर्ण उत्पादनका लागि तामाकोशी नदीबाट पर्याप्त पानी प्राप्त गर्ने भएकाले रोल्वालिङ खोलाको थप पानी सुख्खा मौसममा र सुख्खा र ओसिलो सिजनको बीचको सङ्क्रमण अवधिमा मात्रै पठाइने उल्लेख गरिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सुख्खा मौसममा उर्जा उत्पादन बढाउन रोल्वालिङ खोलाको डाइभर्सनले महत्वपूर्ण भूमिका रहने समेत उल्लेख गरिएको छ । जुन हिउँदको ऊर्जाभन्दा बढी मूल्यवान हुन सक्छ । यस हाईड्रोवारको स्थापित क्षमता ४५६ मेगावाट रहेको छ । रोलवालिङ योगदान बाहेक औसत वार्षिक ऊर्जा उत्पादन २२८१ जिडब्लुएच हुने अनुमान गरिएकोे छ । यसै गरी डिजाइन डिस्चार्ज ६६ मिटर क्युप प्रति सेकेण्ड रहेको उल्लेख गरिएको छ ।

दोस्रो चरणमा रोल्वालिङ खोलाको पानी पनि रोल्वालिङ खोला र तामाकोशी बीचको पहाड हुँदै ट्रान्सफर टनेलमार्फत डाइभर्ट गरिने र यसरी वार्षिक ऊर्जा उत्पादन बढेको डिस्चार्ज संग २ हजार ४ सय ४८ गिगावाट प्रति घण्टा हुने अनुमान समेत गरिएको छ ।

मुख्य विशेषता : SALIENT FEATURES

Type of Development=Peaking Run-of-River (PRoR)
Location=Lamabagar VDC, Dolakha District, Janakpur Zone, Central Development Region
Headworks Location=Lamabagar, Lamabagar VDC
Powerhouse Location=Gongar Gaon, Lamabagar VDC
Maximum Output=456 MW
Annual Energy=2,281 GWh
Gross Head=822 m
Design Discharge=66.0 m 3 /sec
Hydrology
Catchment Area=1,745 km 2
Min. Mean Monthly Flow=14.1 m 3/sec.
Mean Annual Flow=67.2 m3/sec.
Design flood Q1,000=885.0 m3/sec
Diversion Dam=22 m x 60.0 m (H x L)
Live Storage=1.2 Million m3
Settling Basins=2 Nos. L=225 m
Headrace Tunnel=8.4 km (Cross Sectional Area = 32.14 m2)
Penstock (Vertical Shaft and Horizontal Tunnel)=1,134.0 m
Power House (Underground)=142.0m x 13.0m x 25.0 m (L x B x H)
Number of units=6
Tailrace Tunnel=2.9 km (Cross Sectional Area = 35.0 m2)
Access Road from Charikot of Dolakha District=68.0 km
Transmission line=220 kVA Double Circuit, 47.0 km (Gongar to Khimti Substation)
Construction Cost=NRs.35.29 Billion equivalent to US$ 441 Million (Excluding Interest During Construction)
Construction Time Period=6 Years

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!