Search

भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुमा आज सोमबारदेखि २५ दिने पञ्चैबाजा बजाउने सीप विकास तालिम

भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुमा आज सोमबारदेखि २५ दिने पञ्चैबाजा बजाउने सीप विकास तालिम

बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुमा आज सोमबारदेखि २५ दिने पञ्चैबाजा बजाउने सीप विकास तालिम सुरु भएको छ । परम्परागत बाजागाजा मध्ये पञ्चैबाजा महत्वपूर्ण एक बाजा मानिन्छ । जुन मौलिक बाजा बस्ती विकास, बसाई सराई र सञ्चार जगतको तिव्र विकास सं–संगै विस्तार विस्तार लोप हुर्दै गएको छ ।

यही सन्दर्भमा भीमेश्वर नगरपालीका वडा नं. ४ को वितिय सहयोगमा उक्त पञ्चैबाजा बजाउने कला हस्तान्तरण, संरक्षण र प्रवद्र्धन गर्दै प्रशिक्षार्थीहरुको आयआर्जनमा सघाउन उद्देश्यले वडाले तालिम सुरु गरेको छ भनी वडा नं. ४ का वडाध्यक्ष तारानाथ चौलागाईले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।

ऐतिहासिक, मौलिक, साँस्कृतिक र सामाजिक महत्वको मौलिकपन रहेको पञ्चैबाजा विस्थापन हुने खतरा बढेकोले बाजा संस्कृतिको संरक्षण गर्न तालिम सञ्चालन गरिएको वहाँको भनाई रहेको छ । यसरी संचालन हुन गईरहेको उक्त तालिममा स्थानिय पूरुष र महिला गरी जम्मा १८ जनाको सहभागी रहेका छन् । तालिममा दुई टोली बनाएर प्रशिक्षण सुरु गरिएको छ । उनीहरुबाट नमुना पञ्चैवाजाको रुपमा विकास गर्न वडाले सकेको सहयोग गर्ने वडाध्यक्ष चौलागाईंको भनाई छ ।

यो तालिम केवल तालिमको रुपमा मात्र विकास गर्न तालिम संचालन गरिएको नभई तालिम हासिल गरिएपछी तालिमबाट प्राप्त कला सिपलाई प्रयोग गरी संस्कृति संरक्षणसँगै आर्थिक रुपान्तरणको अभियानमा तालिममा सहभागी स्थानियको जिम्मेवारी र दायित्व रहेको छ भनी तालिममा सहभागी एक स्थानियको भनाई रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!