Search

नेकपा (एकीकृत समाजवादी) पार्टीको मेची–महाकाली जागरण अभियान

नेकपा (एकीकृत समाजवादी) पार्टीको मेची–महाकाली जागरण अभियान

बाँपीझ्याला, काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियानले जनतालाई जागृत बनाएको दाबी गरेका छन् ।

जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह थपिएको बताउँदै अध्यक्ष नेपालले पार्टीको जागरण अभियानको मुख्य उद्देश्य जनताका मुद्दा सम्बोधनमा सघाउनु भएको बताए ।

भैरहवामा आज आयोजित जनसभामा नेता नेपालले जनताको जीवनस्तर सुधार गर्ने सङ्कल्पका साथ अभियान थालिएको उल्लेख गर्दै बेरोजगारी समस्या समाधान गर्न कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

महासचिव घनश्याम भुसालले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिए पनि मुख्य समस्याका रूपमा गरिबी रहेको उल्लेख गर्दै गरिबी र बेरोजगारी उन्मूलन गर्नु पार्टीको मुख्य कार्यभार भएको बताए ।

उपमहासचिव विजय पौडेलले सबल एवं सशक्त समाजवादी पार्टी निर्माणका लागि मेची–महाकाली अभियान सुरू गरिएको स्पष्ट पारे ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!