बाँपीझ्याला, काठमाण्डौं । वि.सं. २०२६ सालमा स्थापना भएको दोलखा जिल्लाकै पहिलो सामाजिक संस्था कालिञ्चोक युवा क्लव दोलखाको विशेष अधिवेशनबाट युवा समाजसेवी अनिलचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्वसम्मती चयन गरिएको छ ।
जसमा उपाध्यक्षमा ई. श्यामचन्द्र श्रेष्ठ, महासचिवमा सन्तोष प्रधान, सह–सचिवमा निरोज कसजु, कोषाध्यक्षमा मनिष प्रधान, सदस्यहरुमा शिवश्वर जोशी, समित श्रेष्ठ, निरेश श्रेष्ठ, दिलिप श्रेष्ठ, प्रणय श्रेष्ठ र हरशुभ जोशी सर्वसम्मतीले चयन भएको हो ।
गत चैत्र १८ गते नेपा ब्यान्केट खुसीवुमा क्वलको ५३ औं बार्षिक साधारण सभा तथा २० औं अधिवेशन भएको हो । उक्त कार्यक्रममा बार्षिक साधारण सभा सम्पन्न भएको थियो भने अधिवेशन स्थगित भएको थियो । यसरी स्थगित भएको अधिवेशनलाई आज बानेश्वर स्थित क्रिष्टल पार्टी भेन्यूमा विशेष अधिवेशन सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष निरेन्द्र मास्केको अध्यक्षता, समाजसेवी एवं बरिष्ठ ईन्जिनिय आत्माकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा दोलखाको बिभिन्न सामाजिक संघ–संस्था र दोलखावासीहरुको उपस्थिती रहेको थियो । यसै गरी अतिथीहरुमा निवर्तमान अध्यक्ष गोपाल प्रधान, पूर्व अध्यक्ष एवं सल्लाहकारहरुमा बैकुण्ठनारायण प्रधान, भल्ला मास्के, डा. श्याम जोशी, अमरकुमार प्रधान, ई.नहेन्द्र प्रधान, रविन्द्रकुमार श्रेष्ठ, प्रकाश श्रेष्ठ, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र पूर्व वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको उपस्थिती रहको थियो । यसै गरी संघ–संस्था प्रतिनिधीहरुमा द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, द्वाल्खा म्यासमुचा खलकका उपाध्यक्ष अन्नपूर्ण श्रेष्ठ, बनारसी सहयोगी हातहरुका अध्यक्ष निरेश श्रेष्ठ, बाँपीझ्याला मिडियाका अध्यक्ष तथा द्वाल्खा गुठीका महासचिव उपेन्द्र प्रधान, लायन्स क्लव अफ नेपाल हेल्पिङ ह्याण्डसका अध्यक्ष श्यामचन्द्र श्रेष्ठ र साथी कल्याणकारीका अध्यक्ष यजु श्रेष्ठको उपस्थिती रहेको थियो ।
कार्यक्रम निवर्तमान महासचिव अनिलचन्द्र श्रेष्ठले संचालन गरिएको थियो । यसै गरी कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सदस्य रमेश प्रधानले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथी एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले पानसमा बत्ति बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । यसै गरी उक्त कार्यक्रममा रुपा फाण्डेशनद्वारा प्रकाशित तथा अनिलचन्द्र श्रेष्ठको सम्पादन रहेको दोलखाको परिचयात्मक साँस्कृतीक ब्रोसिएर विमोचन गरिएको थियो ।
दोलखाका संघ–संस्थाको प्रतिनिधत्व गर्र्दै द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, गुठीका पूर्व अध्यक्ष डा. श्याम जोशी लगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।
दोश्रो सत्रमा अधिवक्ता एवं युवा समाजसेवी होमचन्द्र श्रेष्ठको संयोजनमा अधिवक्ता प्रभाकर श्रेष्ठ र अधिवक्ता कृष्ण कुमार श्रेष्ठ रहेको ३ जनाको निर्वाचन मण्डलले क्ववको विशेष अधिवेशन सम्पन्न गरी निर्वाचन गरिएको कार्य गरिएको हो । जसमा सर्वसम्मती कार्यसमिती सम्पन्न गरिएको छ । यसरी कार्यक्रम सम्पन्न गर्न उपस्थिती सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद सहित संस्थाका निवर्तमान अध्यक्ष तथा सभापती निरेन्द्र मास्केले पहिलो सत्रको कार्यक्रम समापन गरिएको थियो ।