बाँपीझ्याला, काठमाण्डौं । दोलखाबाट काठमाण्डौं आएर बिभिन्न पेशा व्यवसायमा संलग्न दोलखावासीहरुको संस्थाहरु मध्ये एक संस्था बनारसी सहयोगी हातहरुको १० औं बार्षिक साधारण सभा आज एक कार्यक्रमको बिच सनसिटी चोक काडाँघारी काठमाण्डौंमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष निरेश श्रेष्ठको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा दोलखाका समाजसेवी एवं प्राध्यापक अमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यसै गरी कार्यक्रम संस्थाका सचिव बाबाराजा श्रेष्ठले संचालन गरिएको हो । कार्यक्रम राष्ट्रिय गानबाट शुरु गर्नुका साथै संस्थाका दिवंगत सदस्यहरुको सस्मरणमा १ मिनेटन मौन धारण गरिएको थियो ।
यसै गरी अतिथीहरुमा द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, कालिञ्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्के, द्वाल्खा म्यासमुचा खलकका उपाध्यक्ष अन्नपुर्ण श्रेष्ठ, साथीको लागि साथीको अध्यक्ष रविन्द्रनारायण श्रेष्ठ, छिजि द्वाल्खा डोबरका प्रतिनिधी सुनिता श्रेष्ठ, पद्म बुद्ध विहारका संस्थापक तथा परिकल्पनाकार समाजसेवी सुनिल मास्के, कानुन व्यवसायी एवं युवा समाजसेवी होमचन्द्र श्रेष्ठ, कानुन व्यवसायी कृष्ण कुमार श्रेष्ठ र संस्थाका संस्थापक अध्यक्ष लेखनाथ श्रेष्ठ, पूर्व अध्यक्षहरु बसन्त श्रेष्ठ, राम श्रेष्ठ र दीपनारायण श्रेष्ठ लगायत संस्थाका शुभचिन्तक र सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथीले पानसमा बत्ति बालेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । यसै गरी कार्यक्रमा उपस्थिती सम्पूर्ण महानुभावहरुलाई संस्थाका उपाध्यक्ष दिलिप श्रेष्ठले स्वागत भाषणबाट स्वागत गरिएको थियो ।
अध्यक्ष निरेश श्रेष्ठको मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सचिव बाबाराजा श्रेष्ठले बार्षिक प्रगती प्रतिवदेन प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष रेणुका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । यसै गरी शुभकामना मन्तव्य दिनेहरुमा संघ संस्थाको तर्फबाट निरेन्द्र मास्के, अन्नपूर्ण श्रेष्ठ, विनोद मास्के र होम चन्द्र श्रेष्ठले दिनु भएको थियो ।
उद्घाटन सत्र समापन संगै बन्द सत्रमा सचिव र कोषाध्यक्षको प्रतिवदेन माथि छलफल गरी पास गरिएको थियो भनी संस्थाका अध्यक्ष निरेश श्रेष्ठले बताउनु भयो ।
साथै संस्थाको आर्थिक बर्ष २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्ती, बनारसी ईन्भेष्टमेन्टको आय–व्यय तथा वोनस वितरण गरिएको थियो । अन्तमा अध्यक्ष एवं कार्यक्रमका सभापती निरेश श्रेष्ठले कार्यक्रममा उपस्थिती सम्पूर्ण महानुभाव लगायत सदस्यहरुलाई आभार व्यक्त गर्दै धन्यवाद सहित कार्यक्रम समापन गरिएको थियो ।